• चर्चित भारतीय कम्पनि एस्कोर्टस्ले उत्पादन गरेका एक्सटिर्म व्याकोलोडर बिक्रीका लागि शुक्रबार झापाको दमकमा शाखा उद्घाटन गरिएको छ ।



    प्रदेश–१ को विराटनगर, इलाम र बिर्तामोडपछि दमकमा सो सामग्री विक्रीका लागि शाखा उद्घाटन गरिएको हो ।  एक्सटिर्म व्याकोलोडरको नेपालका लागि अधिकृत विक्रेता द हबी अटो ट्रेडिङ प्रा।लि।विरगञ्जले दमकस्थित कनकाई पार्टी प्यालेसमा अन्तरक्रिया कार्यक्रम आयोजना गरी त्यस कुराको जानकारी दिएको हो । सो कम्पनिले निर्माणसँग सम्बन्धित काम गर्न, क्रसर उद्योगसँग सम्बन्धित काम गर्न र अन्य कृषि प्रयोजनका लागि माटो सम्याउन मिल्ने गरी एक्सटिर्म व्याकोलोडर बजारमा ल्याएको हो ।



    स्कट कम्पनिको इन्जिन, मर्मत खर्च कम लाग्ने, उपकरण अनुगमन प्रणाली भएको, छिटो काम गर्नसक्ने क्षमता भएको, बढी टिकाउ हुने र वकेट ठूलो भएको सो सामग्रीको बजार मुल्य ४३ लाख रुपैयाँ रहेको दमक शाखा प्रबन्धक रमेशकुमार पुरीले जानकारी दिए ।  प्रा।लि।का प्रदेश प्रबन्धक प्रकाश कोइरालाको अध्यक्षता र नेपाल प्रम्ख राजेश्वर प्रसादको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा निर्माण व्यवसायी पर्शु खरेल, सञ्चारकर्मी सरोज निरौला, प्राविधिक राम बानियालगायतले बोलेका थिए । कार्यक्रममा एक्सटिर्म व्याकोलोडरको वृत्तचित्र समेत प्रदर्शन गरिएको थियो ।

सम्वन्धित समाचार

 कञ्चनपुर, २३ माघ : बेलौरी नगरपालिका–१० स्थित सम्झौता बहुउद्देश्यीय सहकारी संस्थाले तोरीको तेल…

दमौली, ९ माघ : तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका विश्वबहादुर अधिकारीले यो वर्ष सुन्तला बेचेर …

 बेनी (म्याग्दी), २४ पुस :  बेनी नगरपालिका–४ सिङ्गा ठूलोखोलाका ३६ घरधुरीले व्यावसायिक आ…

 लमजुङ, २१ पुस : लमजुङमा सुन्तला उत्पादनमा ह्रास आएको छ । सुन्तला बगैँचा हेरचाहमा किसानको बेवास्ता,…