• काठमाडौं । मान्छे बिरामी हुँदा अस्पताल धाउँछन् । अस्पताललाई पवित्र मन्दिर र डाक्टरलाई भगवानको प्रतिरुपमा लिन्छन् । तर त्यही अस्पतालकै लापरबाहीको कारण कति व्यक्तिले अल्पायुमै ज्यान गुमाउनुपरेको छ भने, कति जीवन र मरणको दोसाँधमा बस्नुपरेको अवस्था छ । यस्ता घटनाहरु बेला बखत बाहिर आइरहेका हुन्छन् ।



    यस्तै नर्सको लापरबाहीकै कारण रसुवा उत्तरतया गाउँपालिका वडा नं ४ घर भई हाल भक्तपुर सुर्यविनायक नगरपालिका बस्दै आएका ध्रुवकुमार विश्वकर्मका छोरा आलोक अहिले जीवन र मरणको दोसाँधमा पुगेका छन् ।



    उनी २६ महिनाका भए । आलोक न हिँड्न सक्छन्, न बोल्न, न कान नै सुन्छन्, दिनदिनै तौल घट्दै गएको छ ।   छोरा आठ महिनाको हुँदा घाँटीमा सामान्य समस्या भएपछि धु्रबकुमारले २०७३ असार २२ गते काठमाडौंको महाराजगञ्जस्थित कान्तिबाल अस्पतालमा चेकअपका लागि ल्याएका थिए ।






    ध्रुवले भने, ‘सामान्य समस्या थियो, रातिको समय भएकाले आकस्मिक कक्षमा उपचारका लागि भर्ना गर्यौं । चिकित्सकले बाफ दिएर अवलोकन (अव्र्जरभेसन) कक्षमा राख्न सुझाव दिए । त्यहि लगेर राख्यौं ।’ बाफ दिएपछि सामान्य बच्चालाई डिस्चार्ज नगरी क्यानल लगाइदिएको धु्रवले बताए । त्यसपछि बच्चालाई डाक्टरको सल्लाह अनुसार ८५ एमजीको हाइड्रोकोटेसन इन्सेन्सन (Hydrocortosone Injucction-85 mg)दुई पटकसम्म लगाइयो ।



    धुव्रले भने, ‘त्यतिबेलासम्म बच्चा ठिक थियो । रातको करिब साढे ११ बजे नर्स आफैले इन्जेक्सन लिएर आइन् । र जबरजस्ती बच्चालाई लगाइदिइन् । औँषधी लगाउने बिक्तिकै बच्चाको दिसा र पिसाब एकैचोटी हुन थाल्यो । ४० मिनेटसम्म पम्प र सि.पि.आर. दिएर मुटुको धड्कन ७७ प्रतिशत देखाई बच्चालाई राती २ बजे अन्र्तराष्ट्रिय बालमैत्री अस्पताल रिफर गरिएको धु्रबले बताए । बालमैत्रीमा बच्चालाई २८ दिन भेन्टीलेटरमा लागेर उपचार भयो ।



     



    गलत औषधी प्रयोग



     



    आठ महिनाका आलोकलाई दिइएको औषधी सँगैको बेडमा रहेका दश वर्षीय बालकलाई थियो । धु्रबले भने, ‘तेस्रो पटक लगाइएको इन्जेक्सनको बोतल हेर्दा उक्त औषधी (मेनेनजाइटिस्) मलेरियाको रहेछ ।’ सो विषयमा अस्पताल प्रशासनलाई भन्दा उल्टो धाकधम्की दिएको उनले बताए । उनले भने, ‘सो विषय तत्काल समक्ष उठाउँदा मलाई अस्पताल प्रशासनबाटै धाकधम्की आयो । बच्चाको उपचार गर्नु मेरो पहिलो प्राथमिकता सम्झेँ । उपचारको छानविनका लागि २०७३ भदौ २४ गते निवेदन पनि दिएका थिए । तर निवेदनउपर कुनै कारबाही नभएको उनले बताए । ललितपुरको पाटन अस्पतालले गत बैशाख ५ गते उपचार गराउने क्रममा बच्चाको सुधार हुन नसक्ने गरी अपाङ्गता भएको जानकारी दिएको उनले बताए ।  गलत औषधी प्रत्योगकै कारण बच्चाको खुट्टा नचल्ने, कान नसुन्ने, जन्मदा तीन किलोको बच्चा अहिलेसम्म पाँच किलो मात्र रहेको उनले बताए ।



     



    १५ लाख रुपैयाँ क्षतिपूर्ति दिन क्षतिपूर्ति समितिको निर्देशन



     



    जिल्ला क्षतिपूर्ति समिति काठमाडौंले बच्चाको उपचारका क्रममा चिकित्सकीय असावधानी भएको भन्दै क्षतिपूर्ति स्वरुप १५ लाख रुपैयाँ दिन आग्रह गरेको छ ।



     



    समितिका अध्यक्ष समेत रहेका जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मासहितको टोलीले यस्तो निर्णय गरेको हो । पाटन अस्पतालले बच्चामा सुधार हुन नसक्ने भने गत जेठ २८ गते बच्चाका बाबु धुव्र वि.कले विभिन्न निकायमा उजुरी दिए । तर सुनुवाई भएन । त्यसपछि जिल्ला क्षतिपूर्ति समितिमा कान्ति अस्पतालका विरुद्धमा उजुरी दिएका थिए । बच्चाकोतर्फबाट जुरी नेपालका अधिवक्ता शशी बस्नेत र विष्णु पोखरेलले बहस गरेका थिए । भने कान्ति बाल अस्पतालको तर्फबाट अधिवक्ता मंगल सुन्दर सिल्पकार र जनकराज श्रेष्ठले बहस गरेका थिए ।

सम्वन्धित समाचार

काठमाडौं- आगामी तीन दिनसम्म देशभरको तापक्रम बढ्ने चेतावनी जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महा…

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…