• चितवन । चितवनको सौराहामा जारी चितवन हात्ती महोत्सव दर्ता नै नगरी संचालन गरेको पाइएको छ । मंगलबारबाट सुरु भएको १४ औं चितवन हात्ती महोत्सव प्रक्रिया नै पूरा नगरी संचालन भएको हो । महोत्सव आयोजना गर्दा जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिनुपर्ने हुन्छ तर चितवन हात्ती महोत्सवको आयोजना गरेको क्षेत्रीय होटल संघ सौराहाले जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति नै नलिइ महोत्सव सचालन गरेको छ ।

    स्वीकृति नै नलिई सञ्चालित महोत्सवको उद्घाटन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख अतिथि । फाइल तस्वीर ।

    चितवन हात्ती महोत्सवले जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति नलिएको जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयबाट स्वीकृती नलिएको तर गृह मन्त्रालयबाट उक्त कार्यक्रममा सम्मानिय प्रधानमन्त्री आउने भनेर पत्र आएकाले सोही अनुरुप सुरक्षा व्यवस्था मिलाएको शर्माले बताए । त्यस्तै मेला महोत्सव गर्दा आन्तरिक राजस्व कार्यालयमा अस्थायी रुपम भ्याटमा दर्ता गर्नुपर्ने हुन्छ तर महोत्सव आयोजक क्षेत्रीय होटल संघ सौराहाले दर्ता नै नगरी महोत्सव आयोजना गरेको हो । नियम बिपरित र प्रक्रिया नै पूरा नगरी महोत्सव संचालन हुँदा समेत संबन्धित निकाय मौन देखिएका छन् । महोत्सवका संयोजक दिपक भट्टराईले महोत्सवमा प्रवेश निशुल्क भएकाले आन्तरिक राजस्व कार्यालयमा दर्ता गर्नु नपर्ने भएकाले दर्ता नगरेको बताए । महोत्सवमा प्रवेश निशुल्क भएता पनि महोत्सव स्थलभित्र रहेको मिनी प्याराफिटमा भने प्रवेश शुल्क लिइने गरेको छ । आयोजकले टिकट नै काटेर प्रतिव्यक्ति २ सय रुपैया शुल्क लिइरहेको छ । आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख थानप्रसाद पंगेनीले चितवन हात्ती महोत्सवले कर कार्यालयमा दर्ता नगरेको भन्दै आयोजकलाई बोलाएर दर्ता गराउन लगाउने बताए । महोत्सवको मंगलबार प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाटन गर्नुभएको थियो । प्रक्रिया नपुगेको महोत्सवमा प्रमुख जिल्ला अधिकारी र आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख नै अतिथिको रुपमा आशनग्रहण गरेर बसेका थिए ।
     

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …