• काठमाडौंँ, पुस १४ गते । राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी अध्यादेश जारी नहुँदै निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रक्रिया सुरु गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा. आयोधीप्रसाद यादवको अध्यक्षतामा बिहीबार बसेको बैठकले १५ दिनभित्र दल दर्ता गर्न दललाई आह्वान गरेको छ ।

    नेपालको संविधानको धारा २६९ बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले निर्वाचन प्रयोजनका लागि संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ वा ४९ बमोजिम दल दर्ता गराउनु पर्ने व्यवस्था छ ।
    प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भइसकेको र राष्ट्रिय सभा सदस्यको निर्वाचन सम्पन्न गरी सङ्घीय संसद्को निर्माण गर्ने क्रममा निकट भविष्यमै हुन गइरहेको राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि आयोगले दल दल दर्ताका लागि आह्वान गरेको हो ।
    आयोगका सहसचिव एवम् प्रवक्ता दिनेशकुमार घिमिरेले २०७४ साल असार मसान्तसम्म आयोगमा दर्ता कायम रहेका राजनीतिक दललाई राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि १५ दिनभित्र निवेदन दिन आह्वान गरिएको बताउनुभयो । दलहरूले निवेदन दिँदा आर्थिक वर्ष २०७३÷७४ को वार्षिक लेखा परीक्षण प्रतिवेदन पेस गर्नुपर्ने आयोगले जनाएको छ । यसैबीच प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्द सूचीमा रहेका उम्मेदवारहरूमध्ये समावेशी सिद्धान्तका आधारमा क्रम अनुसार विजयी उम्मेदवारको नामावली पेस गर्ने शुक्रबार अन्तिम दिन हो ।
    आयोगका प्रवक्ता घिमिरेले प्रदेशसभामा समानुपातिकतर्फ सिट प्राप्त गरेका कुल १३ राजनीतिक दलमध्ये नेपाल मजदुर किसान पार्टी र विवेकशील साझा पार्टीले मात्रै विजयी उम्मेदवारको नाम पेस गरेको जानकारी दिनुभयो । शुक्रबार कार्यालय समयभित्रै नामहरू पेस गर्नुपर्ने आयोगले जनाएको छ ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…