• भाद्र, २४, कैलाली । सोमबार राती कैलालीमा एक नेताको आफ्नै घरमा पार्किङ गरेर राखिएको गाडीमा आगजनी भएको छ ।

    कैलालीको घोडाघोडी नगरपालिका १ सुन्दरपुरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थानीय नेता गौरीप्रसाद जोशीको गाडीमा आगजानी भएको हो ।

    कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए अनुसार रातको करिब १२ बजेको समयमा अज्ञात समूहद्वारा जोशीले आफ्नै घरमा पार्किङ गरेर राखेको बा९च ६५९७ नम्बरको स्कारपियोमा आगजानी हुँदा गाडीको अगाडिको भागमा क्षति भएको छ

    हाल सम्म उक्त घटनाको जिम्मेवारी कसैले नलिएको र घटनबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…