• चितवन : सरकारबाट प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्दसहित १५ विद्यार्थी चितवनबाट पक्राउ परेका छन्।

    चितवन मेडिकल कलेजले अबैध असुलेको शुल्कको विरोधमा आन्दोलनरत विद्यार्थी र प्रहरीबिचको झडपमा उनीहरुलाई चितवन मेडिकल कलेजबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए।

    पक्राउ पर्नेमा १० जना पुरुष र ७ जना महिला रहेका छन्। उनिहरु सबै मेडिकल कलेजका विद्यार्थी हुन्। केही समय अघिदेखि विद्यार्थीहरु मेडिकल कलेजविरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएका छन्। उनिहरुले तोकिएको भन्दा बढी लिएको शुल्क फिर्ता गर्नुपर्ने लगायतका विभिन्न माग राखी आन्दोलन गर्दै आएका छन्

सम्वन्धित समाचार

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …