• काठमाडौं, २५ भदौ । आरजु राणाले निर्वाचन व्यवस्थापनसम्बन्धी प्रशिक्षण दिएको कांग्रेसको महाधिवेशन प्रतिनिधिहरुले मज्जाले सुने, तर सबभन्दा सुरक्षित निर्वाचन क्षेत्रबाट टिकट लिएर पनि तपाई किन पराजित हुनु भयो भन्ने प्रश्न कसैले पनि गरेनन् ।

    कांग्रेसभित्र धर्मनिरपेक्षताको चार प्रमुख ठेकेदार मानिएकामध्य एक विमलेन्द्र निधिले धर्मनिरपेक्षताबारे व्याख्या गरेको सुन्न धैर्यचाहिँ महाधिवेशन प्रतिनिधिले राखेनन् ।

    आरजु राणालाई कांग्रेसमा स्थापित गराउन केही सातायता महाधिवेशन प्रतिनिधिहरुलाई लक्षित गरी कांग्रेसले प्रशिक्षण कार्यक्रम संचालन गर्दै आएको छ ।

    प्रदेश चार, पाँच र ६ मा कार्यक्रम सम्पन्न भइसकेपछि गत शुक्रबार र शनिबार (भदौ २० र २१) तीन नम्बर प्रदेशको केही जिल्लाका प्रतिनिधिहरुका लागि भक्तपुरमा प्रशिक्षण कार्यक्रम राखिएको थियो ।

    बोडेस्थित कृषि विकास बैंकको सभाकक्षमा आयोजित प्रशिक्षणमा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चेक, रामेछाप र दोलखा जिल्लाका प्रतिनिधिहरुले भाग लिएका र त्यसको उद्घाटन शेरबहादुर देउवाले गरेका थिए ।

    भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापाको सभापतित्वमा भएको उक्त कार्यक्रमको उद्घाटन सत्रमा प्रशिक्षण प्रतिष्ठानका निर्देशक पुरुषोत्तम दाहालले पार्टीको आन्तरिक विषयमा विवाद उत्पन्न हुने कुनै प्रकारको अभिव्यक्ति नदिन आग्रह गरेका थिए ।

    तर, तनहुँका रामचन्द्र पौडेलले दाहालको भनाइप्रसित आपत्ति जनाउँदै जवाफ फर्काएका थिए । तीन नम्बर प्रदेशलाई कर्मभूमि बनाएर राजनीतिमा क्रियाशील नेताहरु डा.रामशरण महत र अर्जुननरसिंह केसीलाई कार्यक्रममा सहभागी गराइएको थिएन ।

    झापाका कृष्ण सिटौलादेखि तनहुँका रामचनद्र पौडलसम्मलाई बोलाइएको कार्यक्रममा डा.महत र केसीलाई नबोलाइनुले प्रशिक्षण कार्यक्रम नै एक षड्यन्त्रको उपज भएको महसुस सहभागीहरुले गरेका थिए ।

    उद्घाटनपछि २० गते नै शुरु भएको प्रशिक्षण शिविरमा पुरुषोत्तम दाहालले प्रजातन्त्रको मूल्य मान्यताबारे चर्चा गर्दै आफूद्वारा लेखिएको पुस्तक र प्रजातान्त्रिक आन्दोलनमा आफूले पुर्याएको योगदानबारे सविस्तार जानकारी गराएका थिए ।

    त्यसपछि शेरबहाुर देउवाकी पत्नी आरजुले निर्वाचनको व्यवस्थापनबारे प्रशिक्षण दिएकी थिइन् । यसरी आरजुले निर्वाचन व्यवस्थापनबारे प्रशिक्षण दिइरहादा त्यहाँ उपस्थित कसैले पनि आरजुलाई चुनावी व्यवस्थापनबारे यति धेरै जानकार तपाई आफैं कसरी पराजित हुनुभयो भनी प्रश्न गरेनन् ।

    ज्ञातव्य छ, आरजु राणालाई गत निर्वाचनमा कांग्रेसले सबैभन्दा सुरक्षित ठानेको निर्वाचन क्षेत्र (कैलाली ५) बाट उम्मेदवार बनाएको थियो ।

    आफूलाई टुरिस्टका रुपमा सम्बोधन हुन थालेपछि आरजले तत्काल पाँच करोड रुपैयाँमा घर खरिद गरेर रातारात स्थानीय बन्ने प्रयास पनि गरेकी थिइन ।

    यिनै आरजुलाई पार्टीको आगामी महाधिवेशनमा कुनै एक पदाधिकारीका रुपमा उम्मेदवार बनाइने योजना देउवाले बनाएका छन् ।

    त्यस निम्ती आरजुलाई देशभरिका महाधिवेशन प्रतिनिधिहरुका माझ लैजानुपर्ने भएकोले यतिबेला प्रशिक्षण बनाएर उनलाई देश घुमाउने कार्य भइहेको छ । आरजुपछि डा.प्रभु बुढाथोकीले प्रशिक्षण कलाबारे बोलेका थिए ।

    बुढाथोकीले बोल्दा सभाकक्षमा बीस प्रतिशत मानिस पनि बसेनन्, सबैजसो सहभागी बाहिरिएपछि उनले आफू निकै अपमानित भएको महसुस गरेका थिए ।

    भोलिपल्ट भदौ २१ गते शनिबार खिलनाथ दाहालले विधानका बारेमा, हरिहर विरहीले कम्युनिष्टको नकारात्मक पक्षका विषयमा र सरकारको असफलताका बारेमा प्यूठानका गोविन्द पोखरेलले सहभागीहरुलाई दीक्षित गरेका थिए ।

    त्यसपछि विभलेन्द्र निधिले राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, संघीयता, समावेशीता, मिश्रित निर्वाचन प्रणाली, धर्मनिरपेक्षता, अहिंसा र शान्तिका विषयमा प्रशिक्षण नि सुरु गरे ।

    करिब दुई घण्टासमम प्रशिक्षणका रुपमा उभिएका निधिले धर्मनिरपेक्षताको व्याख्या गर्न थालेपछि सहभागीको धैर्य ट्ुट्यो । व्यापक विरोध र हुटिङ भयो, सहभागीहरुले निधि इसाईको दलाल भएको आरोप लगाए ।

    महासमितिको बैठकका क्रममा हिन्दू राष्ट्रको मुद्दालाई लिएर दिएको निवेदनबारे किन छलफल गरिएन भन्ने प्रश्न उठाउँदै सहभागीहरुले निधिविरुद्ध हुटिङ गरेका थिए ।

    त्यसपछि निधिले सशस्त्र प्रहरीका दुई हतियारधारीलाई मञ्चमा बोलाएर आफ्नो दायाँ बायाँ राखे, निधिको यस्तो हर्कतको झन् ठूलो विरोध भयो ।

    त्यसैबीच निधिले हिन्दू र बौद्ध धर्म छोडेर इसाई बनेका केही व्यक्तिहरुलाई आफ्नो मान्छेमार्फत प्रोवोक गरे र हिन्दू राष्ट्र समर्थकविरुच चिच्याउन लगाए ।

    प्रशिक्षण शिविर तनावमय बन्यो र झन्डै हात हालाहालको स्थिति उत्पन्न भयो । हिन्दू राष्ट्र समर्थक प्रतिनिधिहरुले आफूलाई सम्हालेका कारण अप्रिय स्थिति उत्पन्न हुन पाएन, घटना र विचारमा उल्लेख छ ।

    निधिले राखेका दुई हतियारधारीलाई मञ्चबाट हटाउन लगाएका मात्र पुनः निधिलाई आफ्नो कुरा राख्न दिइयो । नरोत्तम वैद्य, राजुराम जोशी, कृष्ण अमात्य, ताराबहादुर कोइराला, लवश्री न्यौपाने र रामचन्द्र खड्कालगायतका नेताहरु निधिका विरुद्ध सभाकक्षभित्र जोडदार रुपमा प्रस्तुत भएका थिए ।

सम्वन्धित समाचार

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…