• विराटनगर / बाढीले पिडित हुदा हुदैपनि पूर्वाञ्चलमा यस वर्ष धान उत्पादनमा बृद्धि आएको छ ।

    पूर्वाञ्चलमा यस वर्ष दुई प्रतिशतले उत्पादन बढेको क्षेत्रीय कृषि निर्देशनालयले जनाएको छ । यस वर्ष बाढीको प्रकोप साथै अघिल्लो वर्षको तुलनामा धान खेतीको क्षेत्रफल घटेको भएपनि धान उत्पादनमा भने बृद्धि भएको वरिष्ठ सुचना अधिकृत डाक्टर राजेन्द्र उप्रेतीले बताए । गत वर्षको तुलना यस वर्ष प्रति हेक्टर तिन प्रतिशतले उत्पादकत्व समेत बढेको उनले बताए ।

    पूर्वाञ्चलमा गत वर्ष चार लाख ४६ हजार हेक्टर क्षेत्रफलमा १३ लाख २६ हजार ३ सय ८३ मेक्ट्रीक टन धान उत्पादन भएको थियो । यस वर्ष ४ लाख ३७ हजार हेक्टर क्षेत्रफलमा लगाएकोमा १६ लाख ३९ हजार ४ सय ९३ मेक्ट्रीकटन धान उत्पादन भएको छ । जसअनुसार यस वर्ष २६ हजा ६ सय ४५ मेट्रीकटनले उत्पादन बढेको हो ।

    यस वर्ष उच्च पहाडको शोलुखुम्बुमा उत्पादन घटेको छ भने ताप्लेजुंग र संखुवासभामा उत्पादन बढेको छ । त्यस्तै मध्यपहाडको तेह्रथुम, धनकुटा र उदयपुरमा उत्पादन घटेको भएपनि अन्य जिल्लामा बढेको र तराइमा सुनसरी, सिरहा र सप्तरीमा घटेको भएपनि झापा र मोरङमा उत्पादन बढेको छ ।

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …