• काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा दस्ताहरु साविक युवा संघ नेपाल र साविक वाइसीएल नेपाल कास्कीले भ्रष्टाचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाहीलाई कास्की प्रवेशमा निषेध लगाएको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका कारण धनगढीबाट काठमाडौं आउने विमानमा एक घण्टा ढिलाई भएपछि शाही लगायतका यात्रुले विरोध जनाएपछि उक्त घटनाको विरोध गर्दै वासीएल र युवा संघले उक्त निषेध लगाएको घोषणा गरेका हुन् ।

    नेपालको संविधानको धज्जी उडाउँदै वाइसीएल अध्यक्ष भोजराज पौडेल र युवा संघका अध्यक्ष डिल्लीराम सुवेदीले प्रेस विज्ञप्ति जारी गर्दै शाहीलाई कास्की प्रवेशमा निषेध लगाएको घोषणा गरेका हुन् ।

    विज्ञप्तिमा लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, संघीयता, समावेसिता जस्ता महत्वपूर्ण उपलब्धिहरुको विरुद्धमा केही उश्रृंखल अराजक एवं प्रतिगामी प्रवृत्तिका व्यक्ति र समूहको अस्वभाविक चलखेलप्रति गम्भीर ध्यानाकर्षक भएको भन्दै त्यस्ता पात्र र प्रवृत्तिहरुलाई निरुत्साहित गर्न आफूहरुको संगठन जस्तोसुकै कदम चाल्न सदैव तयार रहेको समेत चेतावनी दिएइको छ ।



    यति ठूलो कानुनी उल्लंघनका लागि सरकारको सहयोग बिना सम्भव छैन । केन्द्रमा केपी शर्मा ओलीको सरकार र (कास्कीको सदरमुकाम रहेको पोखरा प्रदेश ४ को राजधानी पोखरा ) प्रदेशमा पृथ्वीसुब्बा गुरुङको सरकार रहेको छ ।

    स्थानीय तहहरुमा समेत नेकपाको पकड छ । सरकारले कुनै प्रतिक्रिया नदिइरहेका बेलामा वाइसीयल र युवा संघले देखाएको यो बचकनापनले भने झनै ठूलो धरापमा पार्ने अनुमान गरिएको छ ।

    यसले सरकारलाई समेत गम्भीर अप्ठेरोमा पार्ने राजनीतिक विज्ञहरुले बताउन थालेका छन् ।

     

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…