• अर्घाखाँची – अर्घाखाँचीको पाणिनि गाँउपालिकामा नेकपाका ५ सय ७९ कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

    नेपाली कांग्रेसमा प्रवेश गर्नेहरुमा तत्कालीन एकिकृत नेकपा माओवादीका वडाध्यक्ष र सदस्य पदका उम्मेदवार समेत रहेका छन् । पाणिनि गाँउपालिका वडा नम्बर–८, पालीमा स्थानीय तहको चुनावमा तत्कालीन एकीकृत माओवादीबाट वडाध्यक्षका उम्मेदवार नुर मोहमद अलि र सदस्यका उम्मेदवार मधु पन्त सहितका ५ सय ७९ जना नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु खनालले जानकारी दिनुभयो ।

    नेपाली कांग्रेस अर्घाखाँचीले सञ्चालन गरेको दोस्रो चरणको जागरण अभियान अन्तर्गत मंगलबार पालीमा भएको कार्यक्रममा नेकपा परित्याग गरी उनीहरु कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेसका क्षेत्रीय सभापति अच्युत गौतमले बताउनु भयो ।

    एमाले र तत्कालीन माओवादी मिलेर बनेको नेकपा जनतामुखी हुन नसकेको, विकासका काममा पक्षपातपूर्ण व्यवहार गरेको, भ्रष्टाचार नियन्त्रण गर्न नसकेको र आफ्नो गाउँको विकासमा दुइ तिहाइको सरकारले कुनै पहल नगरेको भन्दै आफूहरु कांग्रेसमा प्रवेश गरेको तत्कालीन एमाओवादीबाट वडाध्यक्ष पदका उम्मेदवार नुमहमल अलिले बताउनु भयो ।

    आफ्ना समस्या र स्थानीय स्तरका विकासमा आफूहरुलाई नेपाली कांग्रेसले साथ र सहयोग दिएकाे र जनताको पार्टी नेपाली कांग्रेस भएकाले कांग्रेसमा प्रवेश गरेको तत्कालीन एकीकृत माओवादीबाट वडा सदस्य पदका उम्मेदवार मधु पन्तले जानकारी दिनुभयो ।

    नव प्रवेशीहरूलाई नेपाली कांग्रेसका नेता चन्द्रबहादुर केसी, पूर्वमन्त्री रेवतिप्रसाद भुसाल, पार्टी सभापति विष्णु खनाल, पूर्व सभापति कमल प्रसाद भुसाल, क्षेत्रीय सभापति अच्युत गौतम लगायतले प्रवेश गराउनु भएको हो ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…