• काठमाडौँ, ३१ भदौ : राष्ट्रियसभाको आज बैठकमा सांसद चक्रप्रसाद स्नेहीले प्रमुख राजनीतिक दलका शीर्ष नेता र जननिर्वाचित संस्थामाथि गालीगलोज गर्ने ज्ञानेन्द्रबहादुर शाहीमाथि कारवाही गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

    आजको बैठकको शून्य समयमा उहाँले भन्नुभयो,“लोकतान्त्रिक गणतन्त्रमाथि धावा बोल्नेलाई कारवाही हुनुपर्छ । शीर्ष नेता र जननिर्वाचित संस्थामाथि जे पायो त्यही बोल्न कसैलाई छुट छैन ।”

    सांसद खिमकुमार विश्वकर्माले सर्वाेच्च अदालतबाट एनसेलको लाभकर सम्बन्धी फैसलामाथि सरकारले पुनर्विचार गर्न आवश्यक रहेकामा जोड दिँदै यससम्बन्धमा सरकारको धारणा सार्वजानिक गर्न माग गर्नुभयो ।

    सांसद कविता बोगटीले हुम्ला जिल्लामा नेपाल वायुसेवा निगमको हवाई उडान नियमित गर्न माग गर्दै चाडबाड आउन लागेको समयमा समयमा दुर्गम क्षेत्रमा थप हवाई उडानको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    सांसद उदया शर्मा पौडेलले भृकुटीमण्डप अगाडि सार्वजानिक साधनले यात्रु ओराल्ने र चढ्ने व्यवस्था किन बन्द गरियो भन्ने प्रश्न गर्दै यात्रुको समस्यालाई ध्यानमा राखी ती स्थानमा तुरुन्त यात्रु चढ्न पाउने व्यवस्था मिलाउन माग गर्नुभयो ।

    सांसद अनिता देवकोटाले शान्तिसुरक्षा कायम गर्न सरकारलाई संवेदनशील बन्न आग्रह गर्दै चाडवाड आउन लागेको सयमा थप शान्ति सुरक्षाको प्रबन्ध मिलाउन ध्यानाकर्षण गराउनुभयो ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…