• काठमाडौं, ५ असोज । अहिलेसम्मका राजनीतिक क्रान्तिको नेतृत्व गरेको मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी र अहिलेको प्रमुख प्रतिपक्षी पार्टी नेपाली कांग्रेसमा हिन्दु धर्मका पक्षमा बहुमत पुग्ने सम्भावना देखिएको छ ।

    २२ असारबाट सुरु भएर केहि दिन अघिमात्र समापन भएको केन्द्रिय समितिमा धारणा राख्ने नेताहरुको भनाईलाई आधार मान्ने हो भने कांग्रेसमा हिन्दु धर्मको पक्षमा बहुमत पुग्छ । अबको एक बर्षमा हुने पार्टीको १४ औं महाधिवेशनमा हिन्दु धर्मको एजेण्डा महत्वपूर्ण हुन्छ ।

    संविधानसभाले जारी गरेको नयाँ संविधानमा नेपाललाई धर्म निरपेक्ष राष्ट्र उल्लेख गरिएको छ । संविधानमा उल्लेख गरिएको त्यो विषय उल्ट्याउनु पर्छ भनेर कुनै शक्ति अहिलेसम्म औपचारिक आन्दोलनमा उत्रिएको छैन ।

    राजनीतिक परिवर्तनको घोषित मागसहित राजनीतिक शक्ति पनि आन्दोलनमा छैन । व्यक्तिगत रुपमा परिवर्तनको विरुद्ध पहिलेदेखि नै क्रियाशील व्यक्तिहरुले छिटफुट रुपमा वर्तमान राजनीतिक अवस्थाप्रति आक्रोसित व्यक्त गरिरहेका भने छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख सत्तारुढ दल नेकपामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रतिगमन र प्रतिक्रान्ति दुवैको खतरा एकै पटक बढेको अभिव्यक्ति सार्वजनिक रुपमा दिइरहेका छन् ।

    यसले राजनीतिक वृत्तमा बहस जन्माएको छ । चिहानबाट जिउँदो मान्छे बन्न नसक्ने बताउँदै आएका प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड पछिल्लो समय पूर्वराजाप्रति बढ्दै गएको जनताको सहानुभूति र सरकारप्रति बढ्दो जनताको आक्रोसका कारण प्रतिक्रान्तिको खतरा बढ्न थालेको निष्कर्षमा पुगेको उनीहरुको अभिव्यक्ति सुन्दा आंकलन गर्न सकिन्छ ।

    त्यसमाथि प्रमुख प्रतिपक्षी दल कांग्रेसभित्र बढ्दो हिन्दू राष्ट्र पक्षधरहरुको बाहुल्यताले झन प्रधानमन्त्री र प्रचण्डलाई शंका गर्ने अवस्था सृजना गरिदिएको छ ।

    १४ औं महाधिवेशनको संघारमा रहेको कांग्रेसभित्र औपचारिक रुपमै हिन्दू राष्ट्रको विषयले प्रवेश नपाए पनि अनौपचारिक रुपमा भने हिन्दू राष्ट्रको मुद्दा बोक्नै पर्ने दबाबमा नेताहरु छन् । त्यही दवावस्वरुप केहि नेताहरुले केन्द्रिय समिति बैठकमा यस विषयमा कुरा पनि उठाए ।

    अझ पछिल्लो समय त औपचारिक रुपमा जो हिन्दू राष्ट्रको मुद्दा लिएर अगाडि बढ्छ उही कांग्रेसको भावी सभापति बन्ने भविष्यवाणीसमेत हुन लागेको छ । यो भनेको हिन्दु धर्मको पक्षमा कांग्रेसको बहुमत छ भन्ने देखिनु हो ।

    तसर्थ कांग्रेस अन्ततः हिन्दू राष्ट्रको मुद्दामा घिसारिने त्रास ओली र प्रचण्ड दुवैलाई छ । त्यसैले अहिल्यै उनीहरु परिवर्तन उल्टिन सक्ने भन्दै सार्वजनिक रुपमा अभिव्यक्ति दिदै हिड्न थालेका छन् ।

    पूर्वपञ्चहरु सुरुदेखि नै हिन्दू राष्ट्रको पक्षमा क्रियाशील छन् । छिमेकी मुलुक भारतमा समेत हिन्दूवादीहरुको वर्चश्व स्थापित भएको छ ।

    त्यसमाथि प्रमुख प्रतिपक्षी कांग्रेस हिन्दू राष्ट्रको मुद्दा बोकेर अगाडि बढ्यो भने यो साँच्चिकै खतरा हुने मनको बाघले ओली र प्रचण्डलाई पिरोलेको छ ।

    कांग्रेसभित्र हिन्दूवादीहरुको बाहुल्यता छ भन्ने कुरा गत मंसिर पुसमा भएको महासमिति बैठकले नै स्पष्ट पारिसकेको विषय हो ।

    त्यतिबेलै बहुमत महासमिति सदस्यहरुले हिन्दू राष्ट्रको विषयमा औपचारिक रुपमै छलफल गर्नका लागि शिर्ष नेतृत्वलाई हस्ताक्षर बुझाएका थिए ।

    सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलको अनिच्छाका कारण हालसम्म हिन्दु राष्ट्रको विषयले कांग्रेसभित्र औपचारिक प्रवेश पाएको छैन् ।

    तर, उनीहरुले बहुसंख्यक कार्यकर्ताहरुको भावना आगामी महाधिवेशनमा रोकेर रोक्न सक्दैनन् भन्ने कुरा देउवाका विश्वास पात्र मानिने उपसभापति विमलेन्द्र निधिले हिन्दू राष्ट्रको विरोधमा अभिव्यक्ति दिदा भक्तपुरमा भएको हंगामाले नै छताछुल्ल पारिदिएको छ । अभियान टाइम्सका साथमा ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…