• भैरहवा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दोश्रो जागरण अभियान अन्तरगत प्रदेश नम्बर पाँचका विभिन्न जिल्लाको भ्रमण सुरु गरेका छन् ।

    पाँच नम्बर प्रदेशका रुपन्देही, कपिलबस्तु, प्यूठान, रोल्पा, दाङ तथा बाँके जिल्लाका विभिन्न कार्यक्रममा सहभागि हुने पौडेलका सहयोगी चिरिन्जीवी अधिकारीले जानकारी दिए ।

    दोश्रो जागरण अभियान अन्तरगत प्रदेश नम्बर पाँचका कार्यक्रममा सहभागि हुन पौडेल आज भैरहवा पुगेका हुन् ।

    पौडेललाई भैरहवाको गौतमबुद्ध विमानस्थलमा नेपाली कांग्रेसका रुपन्देही सभापति अब्दुल रज्जाक, कपिलबस्तु सभापति सुरेन्द्रराज आचार्य लगायतका नेता कार्यकर्ताले स्वागत गरेका थिए । पौडेलको दोश्रो जागरण अभियान अन्तगतका विभिन्न कार्यक्रममा सहभागि भएर असोज १० गते काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

    भ्रमण कार्यक्रम २०७६ असोज ५ गते विहान भैरहवा हुदै कपिलवस्तु प्रस्थान र हिमाल पहाड तराई मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियानको दोस्रो चरणको कार्यक्रम तौलीहवामा सम्वोधन पश्चात ।

    २०७६ असोज ६ गते विहान कपिलवस्तु वाट प्यूठान प्रस्थान र हिमाल पहाड तराई मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियानको दोस्रो चरणको कार्यक्रम लाई प्यूठानमा सम्वोधन ।

    २०७६ असोज ७ गते नेपाली कांग्रेस रोल्पा जिल्लाले आयोजना गरेको विभिन्न कार्यक्रमलाई सम्वोधन गर्ने र हिमाल पहाड तराई मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियानको दोस्रो चरणको समापन कार्यक्रमलाई सम्वोधन गर्नुहुने ।

    २०७६ असोज ८ गते स्वर्गद्धारी वाट दाङ्ग प्रस्थान दाङ्गमा हुने विभिन्न कार्यक्रम लाई सम्वोधन गर्नुहुने ।

    २०७६ असोज ९ गते दाङ्ग जिल्लामा हुने विभिन्न कार्यक्रम लाई सम्वोधन गर्नुहुने ।

    २०७६ असोज १० गते दाङ्ग जिल्ला वाट नेपालगञ्ज प्रस्थान र हवाई मार्ग हुदै काठमाण्डौं फर्कनुहुने ।

     

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…