• हरि कोइराला
    विराटनगर, पुस १५ गते । निर्यातजन्य बस्तुको उत्पादन कम हुँदा पूर्वाञ्चलमा पर निर्भरता बढेको छ । पछिल्ला तीन वर्षमा निर्यात घट्दो क्रममा छ भने आयात झण्डै दोब्बरले बढेको छ ।
    नेपालमा उपलब्ध नहुने औद्योगिक कच्चा पदार्थको तुलना खाद्यान्न र लत्ता कपडा आयात बढी भएको छ । विराटनगर स्थित ब्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यालय प्रमुख कृष्ण रेग्मीका अनुसार आर्थिक वर्ष ०७३÷०७४ मा १४ खर्व २७ अर्ब ३३ करोड ९६ लाख ९ हजार ९९५ रुपैयाँ बरावरका ३ हजार ४३६ प्रकारका बस्तु आयात भएका छन् । सोही अवधिमा २६ अर्व २९ करोड ७० लाख ५४ हजार २५९ रुपैयाँ बरावरको सामान निर्यात भएको छ । निर्यातको तुलनामा आयात झण्डै साडे ४ गुणाले बढी हो ।
    आव ०७२÷०७३ मा २६ अर्व ६७ करोड ५७ लाख ६८ हजार ८७३ रुपैयाँका वस्तु तथा सामग्री निर्यात भएको थियो भने सो वर्ष १ खर्व ४९ अर्ब २ करोड ८३ लाख ५७ हजार ७९ रुपैयाँको आयात भएको थियो । आव ०७२÷०७३ को तुलनामा गत वर्ष १३ अर्व बढीको बस्तु तथा सामग्री आयात भएको कार्यालय प्रमुख रेग्मीले बताउनु भयो । नेपालबाट औषतमा ३३१ प्रकार सामग्री निर्यात हुने गरेका छन् भने आयात हुने बस्तुको संख्या औषतमा ३ हजार ५ सय भन्दा बढी प्रकारका छन् ।

    आर्थिक वर्ष ७०÷७१ मा नेपालको पूर्व क्षेत्रबाट ३७ अर्ब ४९ करोड ३२ लाख ५० हजार ९५७ रुपैयाँका बस्तु तथा सामग्री निर्यात भएका थिए । तर ७१÷०७२ मा निर्यात ४ अर्बले घटको थियो । यस्तै आव ०७२÷०७३ को तुलनामा ०७३÷०७४ मा ४६ करोड ८७ लाख ३२ हजार ६१४ रुपैयाँ बरावरको निर्यात घटेको छ । यद्यपि निर्यात घट्ने क्रममा केही सुधार आएको कार्यलयको भनाइृ छ ।

    लगातार निर्यात ओरालो लाग्दा आयातको मात्रा दोब्बरले बढेको कार्यालय प्रमुख रेग्मीले बताउनु भयो । गत आवको तुलनामा झण्डै १२ अर्बले आयात घटी हुने देखिए पनि यो लोडसेडिङ घटेका कारण इन्धनको माग घट्दा आयात घटेको देखिएको हो ।
    त्यस्तै तीन वर्ष यता मासुजन्य उत्पादनमा पनि पूर्वाञ्चल आत्म निर्भर देखिए पनि पछिल्लो वर्ष मासु जन्य पशुको आयात बढेको देखिएको छ । आव ७१÷०७२ मा पूर्वाञ्चलमा ३८ हजार ६७० वटा खसी, बाख्रा भेडा आयात भएकोमा ०७२÷०७३ मा ३१ हजार ३९५ वटा मात्र खसी बाख्रा र भेडा आयात भएका छन् । आव ७२÷०७३ मा खसी, बाख्रा र भेडाको आयात ११ हजार ७३८ मा झरे पनि गत आवमा भेडा,बाख्राको आयत फेरि ह्वात्तै बढेको छ । कार्यालयका अनुसार गत आवमा २७ हजार ७४० थान भेडा र १८१९७ थान खसी बाख्रा पूर्वाञ्चलमा भित्रिएको देखिन्छ । जसको मुल्य १२ करोड १९ लाख ५७ हजार ७७७ रुपियाँ रहेको छ ।

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …