काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विनाप्रतिस्पर्धा मेलम्ची खानेपानी आयोजनाको काम ठेक्कामा दिएर सरकारले ठूलै आर्थिक चलखेल गरेको आरोप लगाएका छन् ।
देउवाले संविधान र कानुन विपरित बुढीगण्डकी जलविद्युत आयोजनाको काम पनि चिनियाँ कम्पनीलाई ठेक्कामा दिएको भन्दै चर्को आलोचना गरे । ‘विना प्रतिस्पर्धा मेलम्ची खानेपानी आयोजना र बुढीगण्डकी जलविद्युत आयोजनाको कामलाई अघि बढाइएको छ,’ सभापति देउवाको आरोप थियो, ‘संविधान र कानुनी रुपमा पनि विना प्रतिस्पर्धा अघि बढाउन नमिल्ने ती आयोजना अघि बढाएबाट स्पष्ट हुन्छ कि यसमा सरकारले धेरै ठूलो भ्रष्टाचार गरेको छ ।’
उनले ओली सरकारले शुन्य सहनशीलता कुरा गरेर मुलुकलाई भ्रष्टाचारको काण्डैकाण्डमा डुबाएको दावी गरे । देउवाले प्रजातन्त्रका मूलभूत मान्यतामाथि सरकारले आक्रमण गर्ने काम गरिरहेको उल्लेख गर्दे सैह्य नहुने चेतावनी समेत दिए ।