• काठमाडौं । शुक्रबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले विश्वलाई युद्ध नभएर बुद्ध दिएको बताएका छन् । उनले यो अभिव्यक्ति दिएसँगै नेपालमा पनि उक्त विषयले चर्चा पाएको छ ।

    ‘सबैभन्दा ठूलो बलिदान यदि कुनै देशले दिएको छ भने त्यो भारतले हो, हामी त्यो देशका बासिन्दा हौं, जसले विश्वलाई युद्ध होइन, बुद्ध दिएको छ, शान्तिको सन्देश दिएको छ,’ महासभालाई हिन्दी भाषामा १७ मिनेट सम्बोधन गरेका मोदीले भने, ‘त्यसैले, हाम्रो आवाजमा आतंकविरुद्ध विश्वलाई सतर्क बनाउने गम्भीरता छ र आक्रोश पनि छ ।’

    यसरी उनले बुद्ध भारतमा जन्मिएका हुन भनेको पहिलो पटक भने होइन । उनले थुप्रै पटक बुद्ध भारतमा जन्मिएको अभिव्यक्ति दिइसकेका छन् ।

    तर, यसमा उनको दोहोरो भूमिका देखिदै आएको छ । बङ्गालादेश खाडीको प्रयास (बिमिस्टेक) को चौथो सम्मेलनमा सहभागी हुन मोदी नेपाल आएका थिए । उक्त अवसरमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली  र मोदीले पशुपतिमा निर्माण भएको धर्मशालाको संयुक्त उद्घाटन गरेका थिए ।

    उक्त कार्यक्रममा बोल्दै आफूले नेपालका तीन वटा पवित्र धामको दर्शन गर्न पाएको र नेपालको पवित्र भूमि लुम्बिनीले गौतम बुद्ध दिएको तथा भारतको भूमिले बुद्धलाई ज्ञान दिएको बताएका थिए ।

    तर उनले शुक्रबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै दिएको अभिव्यक्तिले उनको दोहोरो चरित्र छरललङ्‍ग गरिदिएको छ ।

    उनले दिएको अभिव्यक्तिपछि नेपालमा मोदीको चर्को विरोध भएको छ । रामचन्द्र लामिछाने नामक ट्विटर प्रयोग कर्ताले लेखेका छन्, 'दुई जिब्रे मोदी । नेपाल आउँछन् र भन्छन् बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन् । बिदेश जान्छन् र भन्छन् बुद्ध भारत जन्मेका हुन् । तिम्रो नाटक अब पत्याउने कोही छैन ।

    दुईजिब्रे नरेन्द्र माेदि @narendramodi नेपाल अाँउछन र भन्छन बुद्ध नेपालकाे लुम्बिनीमा जन्मिएकाे हाे , बिदेश जान्छन र भन्छन बुद्व भारतमा जन्मिएको हाे ! तिम्रा नाटक अब पत्याउने काेहि छैनन् ! #BlockadeWasCrimeMrModi #BlackoutForModi

    — Rabindra Lamichhane (@LamichhaneTweet) May 11, 2018

    यस्तै उज्वल पोखरेलले पनि ट्विट गर्दै मोदीको अभिव्यक्ति विवादासपद रहेको र यसको भण्डाफोर गर्नुपर्ने भाव सहितको ट्विट गरेका छन् । यस्तै आक्रोस सामाजिक सञ्जालमा निकै देख्न सकिन्छ ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले राष्ट्रसंघको महासभामा भारतले बिश्वलाई बुद्ध दिएको भन्दै विवादास्पद अभिब्यक्ति दिएका छन् यसकाे भण्डाफाेर गराै असल छिमेकी काे ब्यबहार हैन दुश्मनकाे ब्यवहार गर्ने माेदीकाे अभिब्यक्तिकाे प्रतिकार गराै नेपाल र नेपालीलाई अपमान गर्ने माेदी मुर्दाबाद pic.twitter.com/vUsrMCOlih

    — उज्वल पाेखरेल (@PokhrelUjwel) September 28, 2019

    मोदीले पहिलो पटक नेपाल आउँदा नेपालीबाट अथाह स्नेह पाएका थिए । पछि मोदी सरकारको पालामा लागेको अघोषीत नाकाबन्दीले उनीप्रतिको जनताको आक्रोस बढेको थियो । उनले बुद्ध भारतमा जन्मेको अभिव्यक्ति यस अघि पनि दिएका थिए । जसले गर्दा पनि उनीप्रति नेपाली चिडिएका थिए । शुक्रबारको अभिव्यक्तिले नेपालीहरू उनीप्रति झन रुष्ट बन्ने छन् ।

    इतिहासलाई नै गलत बताउँदै एउटा जिम्मेवार नेताले त्यस्तो गैर जिम्मेवार अभिव्यक्ति दिनु कति शोभनीय छ ? यो एउटा बहसको विषय बन्न सक्छ ।

    हुन त नेपाली नेताहरूको लाचारि प्रवृतिको फाइदा उठाउँदै मोदीले त्यस्तो अभिव्यक्ति पनि दिएका हुन सक्छन् । जब कुनै देशको नेतृत्व कमजोर हुन्छ तब बाह्य शक्तिले राम्रैसँग चलखेल गर्न पाउँछ । यसमा नेपाली नेताहरू सचेत बन्ने हो की ?

सम्वन्धित समाचार

काठमाडौं । नेपाल मगर संघ पथरीशनिश्चरे नगर समितिको आयोजनामा हुर्रा नाच प्रस्तुती, विभिन्न व्यक्तिलाई सम्मान …

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सोखुलुम्बुका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले सेवाग्रहीलाई…

मोरङ । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङको शनिबार पथरीशनिश्चरे नगरमा भएको छैटौं जिल्ला …

मोरङ । मोरङको पथरीशनिश्चरे १ नं। स्थित सुनाखरी माविले विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कार वितरण गर्दै बि…