• काठमाडौं, १३ असोज । नेपाली कांग्रेसले विजय गच्छदार समूहलाई २० प्रतिशत हिस्सा दिएर समायोजन गरेको छ ।

    २०६४ सालमा नेपाली कांग्रेसबाट फुटेर मधेसी दल गठन गर्न पुगेका गच्छदार २०७४ सालमा कांग्रेस फर्केका थिए । कांग्रेस फर्केपछि उनी पार्टी उपसभापति तथा संसदीय दलको उपनेता भइसकेका छन् ।

    यसैगरी, आफूसँगै कांग्रेस समाहित भएका करिब ६ सय जनालाई महाधिवेशन प्रतिनिधि बनाउन उनी सफल भएका छन् ।

    उनले आफूबाहेक ११ जनालाई केन्द्रीय सदस्य बनाएका छन् । गत शुक्रबार बसेको बैठकले यसको टुंगो लगाएको हो ।

    गच्छदारले नेपाली कांग्रेस केन्द्रीय सदस्यका लागि नाम पठाएकामा शिवकुमार गुर्माथाने, हरिप्रसाद न्यौपाने, कृष्ण दुलाल, हेमराज तातेड, वीरेन्द्र श्रेष्ठ, नसिद सिद्दिकी, महेश कर्मोचा, भारतेन्दु मल्लिक, सुमित्रा थरुनी, योगेन्द्र चौधरी, गोपाल दहित र रामजनम चौधरी रहेका छन् ।

    चियापान असोज २६ गते
    यस वर्षको बडादशैंको समापनका अवसरमा हुने चियापान कार्यक्रममा पाँच लाखभन्दा बढी सहभागी रहने अपेक्षा मुख प्रतिपक्षी नेपाली कांग्रेसले गरेको छ ।

    बडादशैंको अन्तिम दिन अर्थात् कोजाग्रत पूर्णिमाको अवसर पारेर नेपाली कांग्रेसले २०३४ सालदेखि चियापान कार्यक्रमको आयोजना गर्दै आएको छ ।

    राष्ट्रिय एकता तथा मेलमिलापको सन्देश दिन बीपी कोइरालाले चियापान कार्यक्रमको थालनी गरेका हुन् । यस वर्षको कोजाग्रत पूर्णिमा असोज २६ गते परेको छ, तरुणमा उल्लेख छ ।

    राजधानी काठमाडौं उपत्यकाका तीन जिल्ला तथा केन्द्रीय कार्यालयको आयोजनामा हुने चियापान कार्यक्रममा एक लाखलाई आमन्त्रण गर्ने तयारी गरिएको छ । साथै देशका बाँकी ७४ जिल्ला सदरमुकाममा पनि चियापान कार्यक्रम आयोजना गरिएको छ ।

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …