• काठमाडौं । आज पनि देशभर मौसम बदली भएको छ भने केही ठाउँमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    मौसमविद् गंगा नगरकोटीका अनुसार अहिले देशको पश्चिमी भागमा सामान्य बदली छ भने मध्य र पूर्वी क्षेत्रमा आंशिकदेखि सामान्यसम्म बदली छ।

    साथै पश्चिमी भेगका थोरै स्थानमा अहिले (बुधबार बिहान) पानी परिरहेको उनले बताइन्।

    अपराह्नपछि काठमाडौं उपत्यकासहित मध्य तथा पूर्वी क्षेत्रका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसमविद् नगरकोटीले नेपालखबरलाई जानकारी दिइन्।

    मनसुन अझै बाहिरी नसकेकाले दसैंमा पनि पानी पर्ने सम्भावना देखिएको छ।

    तर त्यस्तो ठूलो र लगातारको वर्षा हुने सम्भावना नरहेकाले दसैं नै बिग्रिने हो कि भनेर आत्तिनुपर्ने अवस्था नरहेको मौसविद्ले बताउँदै आएका छन्।

    मौसम महाशाखाका अनुसार हाल मनसुनी न्यून चापीय रेखा औसत स्थानमा छ। साथै भारतको उत्तर प्रदेश आसपास न्यून चापीय प्रणाली छ।यसैकाे प्रभाव नेपालमा परेकाे हो ।

    सामान्यतया नेपालमा जुन १० तारिखमा मनसुन भित्रिने र सेप्टेम्बर २३ मा बाहिरिने गर्छ। तर केही वर्षदेखि नेपाल लगायतका देशमा मनसुनी गतिविधि ढिलो सुरु हुने र पछिसम्म कायम रहने क्रम बढ्दै गएको मौसमविद्को भनाइ छ।

सम्वन्धित समाचार

 इलाम, १७ फागुन :  इलामको माइजोमाई गाउँपालिका–५ तुम्लिङ पुग्नुभएका टीकाराम बाँस्तोलाला…

ढोरपाटन (बागलुङ), १५ फागुन : बागलुङ र म्याग्दी जिल्लाको सिमाना रहेको सोलेडाँडामा तमानखोला गाउँपालिका र…

 ढोरपाटन (बागलुङ), १ फागुन : बागलुङको गलकोट नगरपालिका–११ मा रहेको उदय रिघा बुद्ध विहारलाई…

 काठमाडौँ, १९ माघ : हरेक वर्ष फेब्रुअरी २ तारिखमा मनाइने ‘विश्व सिमसार दिवस’ यस वर्ष &…