• भद्रपुर : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सत्ताधारीको बेथितिले देश रोगी बन्दा जनता संघीय लोकतान्त्रिक गणतन्त्रबाट निराश हुनु परेको बताएका छन्।
    नेता सिटौलाले नेपाली कांग्रेस भद्रपुर ८ नम्बर वडा समितिले मंगलबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा अगुवा कार्यकर्ता भेला कार्यक्रममा बताएका हुन्। नेता सिटौलाले भने, ‘जनताले निर्वाचनका बेला विश्वास र भरोसा गरी कम्युनिस्ट पार्टीलाई मतदान गरी बहुमत दिलाएपछि केपी शर्मा ओली नेतृत्वले राज्यसत्ता हात त पार्‍यो।
    आफू त रोगमुक्त हुन सफल हुनु भयो। तर देशलाई रोगी मुक्त बनाउन सक्नु भएन।’ बलियो जनमत पाएर पनि अलोकप्रिय बन्न गएको वर्तमान सरकारले परिवर्तित राजनीतिक संरचनामा निराशा ल्याएको उनको भनाई छ। उनले विधि र प्रक्रिया मिचेर वर्तमान सरकार नेकपाको मात्र बन्न खोज्दा देश र जनताको हुन नसकेको बताए।
    उनले जनमत स्वेच्छाचारी प्रवृत्तिका लागि नभएकोले जनपक्षीय कामका लागि सरकारको ध्यानाकर्षण गराए। देश र जनताको पक्षमा काम गर्न सरकारले खुट्टा कमाउनु नहुने उनको धारणा छ। ‘स्वार्थरहीत मानवीय आचरण विकास हुने प्रवृत्ति हरेक व्यक्तिमा हुन सके देश र जनताको भावना अनुकूल काम गर्न सकिन्छ’, उनले भने।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…