• काठमाडौं, १५ असोज । सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन् । एक महिलालाई बलात्कार गरेको आरोपमा मुछिएका सभामुख महराले नैतिक जिम्मेवारी लिँदै उपसभामुख शिवमाया तुम्बाहम्फेमार्फत मंगलबार पदबाट राजीनामा दिएका हुन् ।

    हिजो देखि विभन्नि सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजैका मितिदेखि छानबिन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु, महराले बुझाएको राजीनामा पत्रमा भनिएको छ ।

    बलात्कारजस्तो जघन्य आरोपमा मुछिएका महरामाथि नैतिक प्रश्न उठाउँदै महरामाथि तत्काल राजीनामा दिएर छानबिनमा सहयोग गर्न चौतर्फी दबाब सिर्जना भएको थियो ।

    उनीमाथि लागेको गम्भीर आरोपका कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बदनाम भएका कारण अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएर छानबिनमा सहयोग पुर्याउन सुझाव दिएका थिए ।

    त्यसलगत्तै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केन्द्रीय सचिवालय बैठक बसेको थियो । उनीमाथि लागेको आरोपमा केन्द्रित रहेर छलफल भएपछि सभामुख र सांसद दुवै पक्षबाट राजीनामा दिन सुझाव दिने सचिवालयको निर्णय सार्वजनिक भएको थियो ।

    सोही सुझावअनुसार राजीनामा बुझाए पनि उनले पत्रमा भने छानबिन प्रक्रिया नसकेसम्मका लागि शब्द उल्लेख गरेका छन् ।

    राजीनामापत्रमा एक वा दुई दिन वा छानबिन प्रक्रिया नसकुन्जेलसम्म जस्ता शब्द उल्लेख भएका कारण उनी पुनः विवादमा मुछिएपछि पनि पुरानै पदमा फर्किन लालायित देखिएको संकेत गरेको छ ।

    सभामुख महराले आफू ती महिलाको साथी भएको र घर गएको स्वीकार गरेका छन् । साथमा मदिरा पिएको पनि स्विकारेका उनले जबर्जस्ती भने नगरेको बताएका छन् ।

    यी सबै कुरा हेर्दा कुनै न कुनै हिसाबले उनी बलात्कार आरोपमा कहीँ न कहीँ मुछिएको स्पष्ट हुन्छ । यद्यपि, उनको दोष छ कि छैन, दोष भए पनि कति मात्रामा छ भन्ने सत्यतथ्य भने प्रहरीले गर्ने छानबिनबाटै पुष्टि हुनेछ ।

    उनलाई आरोप लगाएकी संसद सचिवालयकी कर्मचारी स्नेहा शाही (नाम परिवर्तन) ले भने जबर्जस्ती करणी गरेको दाबी गर्दै आएकी छन् । यसको स्वतन्त्र पुष्टि भने मेडिकल टेस्ट र अन्य छानबिनले नै गर्ने हो ।

    यद्यपि, शाहीले प्रतिकार गर्ने काम कुटपिट भएको र सो क्रममा उनका शरीरमा नीलडाम र चोट छन् भने महराको चस्मा पनि भाँच्चिएको भनिएको छ ।

    यसरी हेर्दा उनीमाथि करणीको प्रयास भएको प्रारम्भिक पुष्टि हुन्छ । सभामुखजस्तो मानिस एउटी महिला कर्मचारीको डेरामा राती पुग्नेले पनि उनको अरोपलाई बल दिएको छ ।

    तर, महराले भने आफूले उनको मागअनुसार कर्मचारी समायोजन रोक्न नसकेकाले आफूमाथि करणीको गम्भीर आरोप लगाएर चरित्र हत्या गर्न खोजेको दाबी गर्दै आएका छन् ।

    महिलाको व्यवहार शंकास्पद
    बलात्कार पीडित भनिएकी महिला स्नेह शाहीको गतिविधि पनि त्यत्तिकै शंकास्पद देखिएको छ । केही महिनादेखि मानसिक रोगको उपचार गराउँदै आएको र आत्महत्याको समेत प्रयास गरेकोसम्मका विषयहरु समाचारका रुपमा बाहिर आएका कारण पीडित भनिएकी महिला शारीरिक र मानसिक दुवै रुपले अशक्त रहेको पुष्टि हुन्छ ।

    २०४७ सालदेखिकै राम्रो सम्बन्ध बताउनुले २९ वर्षदेखिको लामो सम्बन्ध कसरी एकाएक त्यस्तो अवस्थामा पुग्यो भन्ने घटना आफैंमा रहस्यमय बनेको छ ।

    त्यसो त उनले आफ्नो फेसबुक वालमा एक–डेढ वर्षयता लगातार प्रधानमन्त्री, नेकपाका अध्यक्ष प्रचण्डसहित शीर्ष्र नेताहरु, मन्त्रीहरुलाई गालीगलौज गर्न खर्र्चिएको देखिन्छ ।

    त्यति मात्र होइन, राजाको समर्थनमा विचार व्यक्त गर्नेदेखि राजाको पक्षमा अभियान संचालन गरिरहेको ज्ञानेन्द्र शाहीको लगातार पक्षपोषण गरेको देखिएको छ ।

    त्यति मात्र होइन, उनले पोस्ट गरेका थुप्रै अभिव्यक्ति र फोटाहरुकै आधारमा उनीमाथि साइबर क्राइम लाग्न सक्ने पर्याप्त प्रमाणहरु पनि भेटिएको छ ।

    त्यसो त पत्नी बलात्कार हुँदासमेत उनका पतिले भने महराकै बचाव गर्नुले पनि घटनाको निष्पक्ष छानबिनबाट मात्र यथार्थ पत्ता लाग्न सक्ने देखिएको छ । सभामुखाबाट राजीनामापछि प्रहरीले पनि मंगलबारबाटै गहिरो छानबिन अघि बढाएको छ ।

    त्यसक्रममा आरोपी र पीडित भनिएकी दुवैको मोबाइल ट्रयाकिङ गर्ने, घटनास्थलको मुचुल्का, पीडितको बयानदेखि सबै कुरा गहिराइका साथ छानबिन हुनुपर्ने आवश्यकता देखिएको छ, बुधबारमा उल्लेख छ ।

    व्यक्ति दोषी हुन सक्छ तर व्यक्तिलाई देखाएर अहिले सिँगै लोकतान्त्रिक प्रणालीलाई बद्नाम गर्ने, सरकार असफल देखाउने र देशमा नकारात्मक सन्देश दिएर अराजकता फैलाउने प्रयास भइरहेको छ । यी सबै परिप्रेक्ष्यमा निष्पक्ष छानबिनमार्फत छिटोभन्दा छिटो निकास दिनुपर्ने आवश्यकता छ ।

     

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …