• उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका—४ सिसौलीमा पूर्वी नेपालकै सुविधासम्पन्न रोयल हेरिटेज रिसोर्ट औपचारिक रुपमा सुरु भएको छ । अंग्रेजी नयाँ बर्षको अवसर पारेर सुरु भएको रिसोर्टको आइतबार उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले रिवन काटेर उद्घाटन गरेका हुन् । उद्घाटनपछि प्रमुख फागोले रिसोर्टले उर्लाबारी नभएर पूर्वाञ्चलकै पर्यटन उद्योगको विकास हुनेमा आपू विस्वास्त रहेको बताए । कार्यक्रममा पथरीशनिश्चरे नगरका प्रमुख दिलिपकुमार राईले उद्योगकै रुपमा स्थापना भएको रिसोर्ट स्थापनापछि सो क्षेत्रको भौतिक विकाससमेत हुने बताए । कार्यक्रममा होटल ब्यवसायी संघका क्षेत्रीय अध्यक्ष मनोहरी दाहाल लगायतले शुभकामना मन्तब्य दिएका थिए ।


    रिसोर्टका प्रमुख सञ्चालक कमल हाङबाङ्गको सभापतित्वमा भएको कार्यक्रममा रोशन हाङबाङले स्वागत गरेका थिए । उद्घाटनमा शसस्त्र प्रहरी पाथीभारा गणका प्रमुख विदुर खड्का, समाज सेवी सुवास निरौला, सोभा पालुङ्वा लगायतको उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रममा गायक विनोद खम्बूले ‘झनझन खायो झनझन मिठो..., बोलको गीत गायर उपस्थित अतिथि तथा दर्शकलाई मनोरञ्जन दिएका थिए । न्यु इयर इभमा झुमे युवा युवती उर्लाबारी—४, सिसौलीमा स्थापित रोयल हेरिटेज रिसोर्टले आयोजना गरेको सांगीतिक कार्यत्रममा चर्चित गायक खगेन्द्र याक्सो लगायतका कलाकारहरुसँग झुमेर अग्रेजी नयाँ बर्ष मनाएका छन् ।


    गायक खगेन्द्र याक्सोले ‘चुङ्वा दोभान ख्यालख्याल गर्दैमा वित्यो जोवन...., ‘माघे नि मैलैमा..., लगायतका चर्चित गीत गायर दर्शकलाई नचाएका थिए । त्यसैगरी अर्का गायक विनोद खम्बूले ‘झनझन खायो, झनझन मिठो..., ‘बसमा छैन मेरो मन..., लगायतका गीत गाउँदा उपस्थित दर्शकले जमेर न्यु इयर इभ मनाएका थिए । कार्यक्रममा सुष्मा लिम्बू, लिला राई, जितेन लेप्चा, सन्तोष राई, लक्ष्मण लिम्बूको साथै मोरङ पथरीका ‘द न्यु जेनेरेसन ब्यण्ड’को लाइभ प्रस्तुतीमा दर्शक रमाएका थिए । रिसोर्ट प्रदेशकै सुविधा सम्पन्न भएको दावी रिर्सोट पथरीका हाङबाङ दाजुभाई कमल र रोशन अनि उर्लाबारीका खगेन्द्र थापाको संयुक्त लगानीमा खुलेको हो ।


    रिसोर्ट उर्लाबारी बहुमुखी क्याम्पस मुख्य सडकदेखि करिव आठ सय मिटर दक्षिणमा पर्छ । नेपालीहरुको बढेदै गएको लिभिङ स्टान्डरलाई ख्याल गरेर शान्तसँग बस्न, खान र पूर्ण सुरक्षा सहितको रिसोर्ट खोलिएको सञ्चालक कमल हाङबाङले बताए । डेढा करोडको लगानीमा खोलिएको रिर्सोट प्रदेशकैसबभन्दा सुविधा सम्पन्न रहेको प्रमुख सञ्चालक हाङबाङको दावी छ । दुई विगाहा जमिनमा फैलिएको रिसोर्टमा विभिन्न साइजका कार्यक्रम हल तथा बस्नको लागि सुविधा युक्त रुमहरु रहेको सञ्चालक खगेन्द्र थापाले बताए ।






     

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …