• २५ कम्पनीका औषधि गुणस्तरहीन



    औषधिजस्तो संवेदनशील विषयमा खेलाची हुने गरेको पाइएको छ । औषधिमा हुने सानो लापरवाहीले व्यक्तिको जीवन नै बर्बाद हुने भए पनि औषधि कम्पनीहरु बेपर्वाह देखिएका छन् ।

    नागरिक दैनिकले आज २५ कम्पनीका औषधि गुणस्तरहीन रहेको गम्भीर विषय उप्काएको छ । समाचार अनुसार २५ वटा औषधि उत्पादन कम्पनी मापदण्डविपरीत सञ्चालन भइरहेका छन् । तर, यसको नियमन गर्ने निकाय औषधि व्यवस्था विभाग भने मुकदर्शक बसेको छ ।

    विभागका अनुसार मुलुकमा भिन्नभिन्न प्रकारका औषधि उत्पादन गर्ने ५५ कम्पनी सञ्चालनमा छन् । यसका अतिरिक्त नौवटा कम्पनी भौतिक पूर्वाधार निर्माणको चरणमा छन् ।

    सञ्चालनमा रहेका २५ स्वदेशी उत्पादकले वल्र्ड हेल्थ अर्गनाइनाइजेसन जीएमपीका लागि अहिलेसम्म आवेदन नै दिएका छैनन् । नेपालमा आयात गरिने औषधिका लागि यो अनिवार्य मानिन्छ । गुणस्तर सुनिश्चितता गराउनका लागि यसलाई अनिवार्य गरिएको हो । तर, २५ कम्पनीहरुले अटेरी गर्दै आइरहेका छन् ।

     

सम्वन्धित समाचार

काठमाडौं, २१ फागुन । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् …

काठमाडौं, २० फागुन । आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य…

टीकापुर (कैलाली), १७ फागुन : कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम …

काठमाडौं, ८ फागुन । हामी सबैको लागि स्मार्टफोन क्यामेरा, क्याल्कुलेटर, फोटो एल्बम, रिमाइन्डर आदि जस्ता धेरै…