• मोरङको उर्लाबारी नगरपालिका–४ सिसौलीमा रोयल हेरिटेज रिसोर्ट खुलेको छ । पूर्वी नेपालमा अब बाहिरबाट आएका पाहुनाहरुलाई होटल खोजिरहनु पर्ने झन्जट यसले हटेको छ ।  पुर्बपश्चिम मुख्य सडकको उर्लाबारी क्याम्पस मोड दक्षिण आठ सय मिटरको दुरीमा रिसोर्ट रहेको छ । त्यहाँ पुगेपछि दुई बिगाहा जग्गामा फौलिएको आकर्षक भवनहरु र सजाएर राखिएको हल तथा रुमहरु हेर्न पाइन्छ । सांगितिक कार्यक्रम र होटलका बारेमा सञ्चालक खगेन्द्र थापासँग गरिएको कुराकानीः


    उर्लाबारीमा सुविधासम्पन्न होटल सञ्चालनमा ल्याउनु भएको छ, कसरी होटल खोल्ने योजना आयो ?
    –प्रदेश नं. १ मा सुविधासम्पन्न होटलहरु नभएका कारण पूर्वी नेपालमा आउने पाहुनाहरुलाई होट खोजिरहनु पर्ने झन्झट थियो । त्यसैलाई पूरा गर्नका लागि उर्लाबारीमा हामीले सुविधासम्पन्न होटल सञ्चालनमा ल्याएका हौं । मसँगै सहकर्मी पथरीका हाङबाङ दाजुभाई कमल र रोशनको संयुक्त लगानी छ ।


    कति लगानीमा होटल सञ्चालनमा ल्याउन भएको हो ?
    – कमल हाङबाङ्ग, रोशन हाङबाङ र म मिलेर तत्काल डेढ करोडको लगानीमा रिसोर्ट सुरु भएका छौं । उपभोत्ताहरुको चाहनालाई ख्याल गरेर स्वीमिङ पूलको समेत योजना रहेको छ । रिसोर्टमा एसी रुम, शान्त वातावरणमा बस्ने व्यवस्था र खानाको उपभोक्ताको चाहना अनुसारको परिकारहरु बन्ने छन् ।
    होटलको विशेषता के छ त ?
    – नेपालीहरुको लिभिङ स्टान्डर बढ्दै गएको र देशमा संघीय शासन प्रणाली कार्यान्वयनको दिशामा गइरहेकोले उपभोक्ताको चाहनालाई ख्याल गर्दै सुरक्षाको पूर्ण ग्यारेन्टि, शान्त र सुविधा सम्पन्न रिसोर्ट खोलिएको छ । सुविधापूर्ण कार्यक्रम हलहरु तथा खुल्ला ठाउँ गरी ५ सय जनासम्मको सहभागितामा कार्यक्रम गर्न सकिन्छ । प्रविधिको हिसावले रिसोर्टमा वाईफाई पूर्ण निशूल्क रहेको छ । रिसोर्टमा १५ जनालाई नियमित रुपमा रोजगारी दिइएको छ । काठमाडौं, पोखरादेखि पश्चिम नेपालबाट कञ्जनजंघा हिमाल आरोही, ताप्लेजुङको पाथीभारा मन्दीर दर्शन गरेर फिर्ने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई खान र बस्नको लागि रिसोर्ट केन्द्रको रुपमा रहने छ ।


    अन्त्यमा के भन्न चाहनुहुन्छ ?
    –सर्वप्रथम त रोयल हेरिटेज रिसोर्टको अवलोकन गरिदिनु हुन सबैमा अनुरोध गर्दछौं । साथै हामी प्रदेश नं. १ कै उत्कृष्ट होटल बनाउने तयारीमा छौं । तपाईहरुके साथ र सहयोगको हामीलाई जरुरी छ । साथैं अंग्रेजी नयाँ बर्षको शुभकामनाका साथै सांगितिक कार्यक्रममा सहभागिता भई दिनु हुन अनुरोध गर्दछु ।


सम्वन्धित समाचार

 इलाम, १७ फागुन :  इलामको माइजोमाई गाउँपालिका–५ तुम्लिङ पुग्नुभएका टीकाराम बाँस्तोलाला…

ढोरपाटन (बागलुङ), १५ फागुन : बागलुङ र म्याग्दी जिल्लाको सिमाना रहेको सोलेडाँडामा तमानखोला गाउँपालिका र…

 ढोरपाटन (बागलुङ), १ फागुन : बागलुङको गलकोट नगरपालिका–११ मा रहेको उदय रिघा बुद्ध विहारलाई…

 काठमाडौँ, १९ माघ : हरेक वर्ष फेब्रुअरी २ तारिखमा मनाइने ‘विश्व सिमसार दिवस’ यस वर्ष &…