लेटाङ ७ कार्तिक । टाउकोमा रगत जमेर गम्भिर विरामी परेका लेटाङ नगरपालिका वडा नं. १ बेलबोटेका ३० बर्षिय लिलावहादुर मगरलाई लेटाङ नगरपालिका प्रमुख शंकर राईले भेटघाट गरि आर्थिक सहयोग गर्नुभएको छ ।
बुधबार विरामीको घरमा पूगेर मेयर राईले मगरलाई ब्यक्तिगत केही आर्थिक सहयोग गर्नुभएको हो । टाउकोमा रगत जमेर गम्भिर विरामी भएका मगरको विराट नर्सिङहोममा उपचार भईरहेकोे छ ।
आर्थिक रुपमा विपन्न रहेका मगरको मेयर राईले अस्पतालमा ५० प्रतिशत उपचार छुट समेत गराउनुभएको पिडित परिवारले वताएको छ ।
राईको आर्थिक अवस्था कमजोर भएको र नगरपालिकाले समेत सहयोग गर्ने मेयर राईले जानकारी दिनुभयो