• काठमाडौं, ७ कात्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टहरु संविधानसभाबाट संविधान बनाउने क्रममा समावेश गर्न नसकेका लोकतन्त्र विरोधी विषयहरु अहिले कानुन बनाउदा समेटने प्रयास गरेको आरोप लागएका छन् ।

    वित्तिय संस्था कर्मचारी संघले आयोजना गरेको शुभकामना कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले कम्युनिष्ट सरकार कानुन बनाउदा सवै क्षेत्रका अधिकारलाई नियन्त्रण गर्ने प्रयासमा लागेको बताए ।

    उनले भने–‘संविधानसभाबाट लोकतान्त्रीक संविधान बनाउने क्रममा हामी लोकतन्त्रका मुल्य मान्यतामा कम्युनिष्टसंग धेरै लडाई गरका थियौं ।

    उनीहरु हामीसंग बहस गर्न नसकेर लोकतन्त्रका मुल्यमान्यता स्वीकार गरेका थिए । अहिले कानुन बनाउदा ती लोकतान्त्रीक मुल्य मान्यतालाई नियन्त्रणको प्रयास गरिरहेका छन् ।’

    वरिष्ठ नेता पौडेलले मुलुकको प्रधानमन्त्रीको सवैभन्दा आर्दशपुरुष भेनेजुएलाका राष्ट्रपति मुदुरो भएको र सि जीङपिङ सिद्धान्तलाई नेपालमा प्रयोग गर्ने संझौता गर्दै लोकतन्त्रमाथि प्रहार सुरु गरेको बताए ।

    पौडेलले भेनेजुएला र सि पथलाई आर्दश मान्ने कम्युनिष्टको नियत स्पष्ट भएको बताए । उनले कांग्रेस भएसम्म लोकतन्त्रका मुल्य मान्यतामाथि नियन्त्रणको प्रयास कसैले पनि गर्न नसक्ने स्पष्ट पारे ।

    पौडेलले भने–‘लोकतान्त्रीक अधिकारमाथि धावा बोल्ने हिम्मत अहिले कम्युनिष्टहरुले गर्न सकेका छैनन् किनकी यो मुलुकमा कांग्रेस छ । कांग्रेले लोकतन्त्रका लागि सात दशक लडिसकेको छ ।

    अझै कांग्रेस लोकतन्त्रका लागि जस्तोसुकै लडाई लड्न तयार छ । त्यसैले लोकतन्त्रप्रति गिद्दे दृष्टि नलाए हुन्छ ।’

    कम्युनिष्टहरुको भनाई र गराईमा आकाश जमिनको फरक पर्ने व्यवहारबाट देखिएकाले आम नागरिक कम्युनिष्ट देखि असंतुष्ट भइसकेको पौडेलको भनाई थियो ।

    उनले भने–‘कम्युनिष्टहरु हिजो के भन्थे, आज के गर्दै छ । आम जनताले यसको समिक्षा गरिरहेका छ । सवैले कम्युनिष्टहरुको बोली र व्यवहारको समिक्षा गर्न जरुरी छ ।’

    उनले ट्रेड युनियन आन्दोलनको भ¥याङ चढेर सोही आन्दोलन ध्वस्त गर्ने कम्युनिष्टहरुको नीति नै भएको बताए । पौडेलले आम नागरिक कम्युनिष्टसंग असंतुष्ट भएको समयमा नेपाली कांग्रेस सुध्रिन जरुरी रहेको बताए ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…