• बिराटनगर कात्तिक ८, गते शुक्रबार । रातो तारा डट कम,क्रेजी इन्टरटेनमेन्ट प्रा.लि.ले दशैं र तिहारको बीचमा एकसाथ तीन वटा गीतको म्यूजिक भिडियो छायांकन गरेको छ । गायक देव गु?ङको पुरानो गीत ‘बिकम बा?लै...’ लाई रिमेक गरेर पुनः छायांकन गरिएको हो । सो गीत मोरङको जाँते र मिक्लाजुङ १ को रमितेमा भिडियो सुट गरिएको हो । जसमा मोडलद्वय बादल श्रेष्ठ र नग्मा श्रेष्ठको मुख्य अभिनय रहेको छ भने कोरसहरु पनि राखेर खिचिएको छ ।

    यस गीतलाई देवराज सिग्देलले खिचेका हुन् भने कोरियोग्राफी शिव श्रेष्ठको रहेको छ । यस गीतको रचना तथा संगीत गायक स्वयं गुरुङले गरेका छन् भने एरेन्ज चन्दु गोर्खालीले गरेका हुन् । यसैगरी गायक विनोद राईको ‘यो खुशी, यो हाँसो.....’ गीतको सुटिङ पथरीशनिश्चरे–१ को भुल्के सिमसार र पथरी आसपासमा खिचिएको
    छ । उक्त म्यूजिक भिडियोमा करण धिताल र नग्मा श्रेष्ठले फिचरिङ गरेका छन् ।

    गीतको रचना युगल लुङ्फुङ्वा, संगीत देव गु?ङ र एरेन्ज सचिन सिंहको रहेको छ भने भिडियोलाई देवराज सिग्देलले नै खिचेका हुन् । यस्तै पथरीशनिश्चरेलाई क्षेत्र बनाएर संगीतकारका रुपमा स्थापित विकेश साउदेनले पनि तिहार गीत ‘आयौं देउसी, भैलो खेल्न...’ को छायांकन गरेका छन् । सो गीतको संगीत÷रचना नविन राईले गरेका हुन् भने स्वर केशव साउदेन, राकेश राई र विकेश साउदेनले भरेका छन् ।

    सो गीतलाई विशाल थापाले खिचेका हुन् भने छायांकन शनिश्चरेको कुशेमा गरिएको छ । यी तीन गीतहरु मध्ये तिहार गीत चाँडै नै आउने क्रेजी इन्टरटेनमेन्टले जानकारी दिएको छ । यस्तै अन्य दुई गीत भने तिहारपछि मात्र सार्वजानिक गरिने बताइएको छ । तीन वटै गीतको निर्देशन भने सन्तोष राईले गरेका हुन् ।

सम्वन्धित समाचार

मोरङ : किरात राई यायोक्खा प्रारम्भिक कमिटी किर्तिमानको आयोजनामा लेटाङ नगरपालिका वडा नं ३ स्थित साकेला पा…

बिराज बास्कोटा अभिनित म्युजिकल पोइट्री ‘कालो प्रकाश’ सार्वजनिक काठमाडौँ । कलाकार बिराज बा…

काठमाडौं, २ बैशाख । गायक सुनिल गिरीले नयाँ गीत ‘कालीगड’ सार्वजनिक गरेका छन्।  नेपाली…

 महेन्द्रनगर, १५ चैत  पहाडी जिल्ला अछाममा जन्मिएकी मोडल तथा नृत्याङ्गना झरना बोहरा सुदूरपश्चि…