• काठमाडौं – ओखलढुंगामा राप्रपा संयुक्तको जिल्ला कार्यसमिति नै नेपाली काँग्रेसमा प्रवेश गरेको छ । शनिवार चिसंखुगढी गाउँपालिकामा आयोजित प्रवेश कार्यक्रममा जिल्ला अध्यक्ष नारायणबहादुर सुवेदी, उपाध्यक्ष मुगाधन राई, कोषाध्यक्ष दिनेश सुवेदी सहित जिल्ला कार्यसमित नेपाली काँग्रेसमा प्रवेश गरेको हो । ओखलढुंगामा अब राप्रपा संयुक्तको कुनै कमिटि नरहेको घोषणा समेत गरिएको छ ।

    काँग्रेसमा प्रवेश गर्नेहरुले लोकतन्त्रको मूलधारमा आउन पाउँदा खुसी लागेको बताएका थिए । नेपाली काँगे्रसका जिल्ला सभापति प्रदिप सुनुवार र नेता रामहरि खतिवडाले राप्रपाका नेताहरुलाई पार्टीमा स्वागत गरेका थिए ।

    राप्रपासहित नेकपाका कार्यकर्ताहरुलाई प्रवेश गराउँदै पूर्व सांसद रहेका नेता खतिवडाले सरकारका कामबाट असन्तुष्ट बनेका कार्यकर्ता काँग्रेसमा आएको बताए । काँग्रेस प्रवेश गर्नेमा राप्रपाका जिल्ला सदस्यहरु जश बहादुर राइ , बमप्रसाद खतिवडा, शुक्रराज राई, प्रदिप राईलगायत छन् ।

    त्यस्तै नेकपाका स्थानीय नेता कार्यकर्ताहरु मुना राई, रेनुका राई, निमफुरी शेर्पा, लाम्पा दोर्जी शेर्पा लगायत दजनौं प्रवेश गरेको जिल्ला कार्यसमतिका प्रवक्ता राजकुमार ढुंगानाले जानकारी दिए ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…