• प्रेसको निब र नागरिकको मुख नियन्त्रण गर्दै छ सरकार

    मैले मुलुकभरका विभिन्न कार्यक्रममा जाँदा अझै पनि नेपाली काँग्रेस अलमलमा रहेको महासुस गरेको छु । गत निर्वाचनमा काँग्रेसले अनपेक्षित परिणाम व्यहोर्यो । त्यसपछिको अलमलबाट बाहिर निस्कन सकेको पाइएको छ ।

    जीवन्त र प्रतिस्पर्धामा विश्वास गर्ने पार्टीका निम्ती निर्वाचनमा जय–पराजय महत्वपूर्ण विषय हो नै । तर सधै त्यो कुरा रहिरहनु हुँदैन । नेपाली काँग्रेसले एउटा मिसनसँग आफूलाई बाध्यो भने सफलता हात पार्छ । हाम्रो विगतले पनि त्यही कुरा देखाउँछ । हिजो गिरिजाप्रसाद कोइरालाले माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याएर आउँछु भन्ने मिसन समात्दै गर्दा होस् वा सुशील कोइरालाको नेतृत्वमा जसरी पनि संविधान बनाउँछु भनेर मिसन समात्दै गर्दा होस् ।

    यसमा नेपाली काँग्रेसलाई मान्नै पर्छ । फेरि नेपाली काँग्रेसले अर्को मिसन समात्नु पर्ने अवस्थाको सिर्जना भएको छ । नेपाली काँग्रेसको नेतृत्वमा पटक–पटक आन्दोलन भयो । प्रत्येक आन्दोलन सफलता पूर्वक सम्पन्न पनि भयो । तर हामीले आन्दोलनका उपलब्धी कहिले पनि जोगाउन सकेनौँ ।

    यसको कारण भनेको तत्कालीन समयमा नेपालको राजसंस्थासँग भएको समजदारी नै हो । हामीसँग गरेको समजदारी उसले बेलाबखत कुल्चिँदै गयो । अनि हामीले राजसंस्थालाई नै निषेध गरिसकेपछि उपलब्धीहरु आफै सुनिश्चत हुन्छ भन्ने ठान्यौँ । आजको दिनमा राजसंस्थासँगको डरबाट त हामीले हाम्रो व्यवस्थालाई मुक्त गर्यौँ । साथै नेपालमा कम्युनिस्ट पार्टीहरुको लोकतान्त्रिकरणको एउटा चरण पनि पुरा गर्यौँ ।

    अहिले नेपाल कम्युनिस्ट पार्टीले सरकार चलाइ रहेको छ । सरकार चलाउने कुरामा हाम्रो कुनै समस्या होइन । तर कम्युनिस्ट पार्टी सरकार सञ्चालनका नाममा कम्युनिस्ट सत्ता निर्माण गर्दैछ । हामीले कल्पना गरेको व्यवस्थामा आवाधिक निर्वाचनबाट सरकार बन्छ, सत्ता बन्दैन । हामी दुई तिहाइ भन्छौँ । सरकार दुई तिहाइको होइन, तीन चौथाइ कै बन्न सक्छ । फेरि पनि नेपाल कम्युनिस्ट पार्टी कै सरकार बन्न सक्ला । हाम्रो प्रयास काँग्रेसको सरकार बनाउने हुन्छ । आगामी निर्वाचनमा हामी तीन चौथाई भोट ल्याउन चाहन्छौँ । समस्या सरकारको होइन् ।

    *****

    कसैलाई गीत सुन्न मन लागेन भने कान थुन्ने हो, गाउने मान्छे थुन्ने होइन । कविता सुन्न मन लागेन कान थुन्ने हो, कविलाई थुन्ने होइन । कसैलाई उहाँहरुको (र्यापर भिटेन र गायक दुर्गेश थापा) गीत मन परेन ल ठीक छ । भद्दा, अश्लील भनेर यत्रो बहस गरिरहेका छौँ । यस्तो गीत किन गाउनुपर्यो भन्ने पनि छ । विषय यो होइन ।

    *****

    सरकारको आवरणमा सत्ता निर्माण गर्ने जुन प्रयास हुँदैछ समस्यको विषय यो हो । नागरिकको स्वतन्त्रता हरण गर्नका निम्ति चरणबद्धरुपमा जुन खालको कानुन निर्माणको प्रयास भइरहेको छ । यतिबेला त्यो प्रयास नै सबैभन्दा समस्याको विषय बनेको छ । गायक पशुपति शर्माबाट सरकारले आफूसँग असहमति राख्ने गीतसंगीतमाथि धावा बोल्ने सुरु गरेको थियो । अहिले फेरि अन्य गायकका कुरा बाहिर आइरहेको छ । हामी हेरिरहेका छौँ ।

    त्यो गायकको कुरा होइन् । कसैलाई गीत सुन्न मन लागेन भने कान थुन्ने हो, गाउने मान्छे थुन्ने होइन । कविता सुन्न मन लागेन कान थुन्ने हो, कविलाई थुन्ने होइन । कसैलाई उहाँहरुको (र्यापर भिटेन र गायक दुर्गेश थापा) गीत मन परेन ल ठीक छ । भद्दा, अश्लील भनेर यत्रो बहस गरिरहेका छौँ । यस्तो गीत किन गाउनुपर्यो भन्ने पनि छ ।

    विषय यो होइन । यो विषयलाई संसदमा दर्ता भएको सूचना प्रविधि कानुनसँग जोडेर हेरौँ । मंसिरबाट सुरु हुने संसद अधिवेशनबाट जुन कानुन यो सरकारले जबरजस्ती पारित गर्नका निम्ति सम्पूर्ण शक्ति लगाउने छ । सामाजिक सञ्जालमा लेखिएका कुरालाई आधार मानेर घरघरमा गएर मान्छेलाई पक्रनका लागि कानुन निर्माण गरिँदैछ । मिडियाका साथीहरु मिडिया काउन्सिल विधेयकबाट प्रेस स्वतन्त्रता हनन हँुदैछ भनेर आन्दोलित हुनुभयो । अब त्यो विधेयक सच्चिएर आउँछ । तर तपाईँले आफ्नो सामाजिक सञ्जालमा लेखिएको कुराबाट तपाईँको घाँटी समाउन सरकार गृहकार्य गरिरहेको छ । यसमा कसैलाई छोड्नेवाला छैन ।

    आफै अदालत बनाउँछ, जनअदालत जस्तो । आफ्नै प्रशासनबाट मुद्दा लड्न पाउने गरी कानुन बनाउँदै छ । आजको मुख्य समस्या भनेको ‘रुल अफ ल’ र ‘रुल बाइ ल’को विषय हो । ‘रुल अफ ल’मा विधिको शासनका रुपमा संविधान छ, संसद हुन्छ । बहुमत आउनेले नै सरकार चलाउने हो । भोलि पनि सरकार चलाउँदा बहुमत हुन्छ । सरकारले बहुमतबाट कानुन बनाउँदै गर्दा संविधानमा रहेका मुलभूत मान्यताबाट कानुन बनाउँदैन । तर ‘रुल बाइ ल’ भनेको संख्याको प्रयोग गरेर कानुन बनाउँदै गर्दा कानुनको विधिको शासन गर्ने वा विधिमार्फत शासन गर्ने कुराका सन्दर्भमा हेर्नुपर्छ । ‘रुल बाइ ल’ भनेको विधिमार्फत शासन गर्ने हो, कानुनबाट विधिको शासन गर्ने कुरा होइन ।

    सरकारले एकपछि अर्को गरी संख्याको प्रयोग गरेर संविधानका आधारभूत मान्यताको खिलाफमा कानुन बनाउने काम भएको छ । सरकारसँग दुईतिहाइको ताकत हुनु नराम्रो होइन । यो ताकत उसले नेपालभित्र वर्षौदेखि जगल्टिएका समस्या समाधानको हल गर्न प्रयोग गर्नु पर्ने हो ।

    हाम्रो जनजीविकाको सवालमा चाडोभन्दा चाडो परिणाम दिनतर्फ प्रयोग गर्नु पर्ने हो । तर सरकार यी कुनै कुरामा दुई तिहाइको ताकत प्रयोग गर्न खोजि रहेको छैन ।

    *****

    अड्डा आफ्नो, अदालत आफ्नो, प्रहरी आफ्नो, सेना आफ्नो र सबैतिर आफ्नो बनाएर लेख्ने प्रेसको निब र बोल्ने नागरिकको मुख नियन्त्रण गरिसकेपछि सत्ता निर्माण हुने हो । जसको खिलाफमा कसैले बोल्न पाउँदैन । र, यो सब कुरा कानुन बनाएर गर्न प्रयास हुँदैछ ।

    *****

    बरु विस्तारै विस्तारै हाम्रो जनजीविका नै बन्धक हुने गरी संसदबाट कानुन निर्माण गर्नेतिर लागेको छ । त्यसबाट निर्माण गर्ने भनेको सत्ता हो । संसदको सभामुखका विषयमा अहिले उहाँहरुको घर झगडाको कुरा छ । उपसभामुखलाई राजीनामा गराएर हुन्छ वा के गराएर हुन्छ, सभामुख नेपाल कम्युनिस्ट पार्टीले आफ्नो बनाउने कुरा छोड्नेवाला छैन । किनभने संसदको आदेश सरकारले टेर्ने होइन, सरकारले आदेश दिएर संसद आफ्नो नियन्त्रणमा राख्ने कुरातरि सरकार लागेको छ । अदालतसँग सरकार डराउनु पर्ने ठाउँमा सरकारसँग अदालत थुरथुर भएर बसेको अवस्था छ । सरकार कोहीसँग डराएको छ भने नागरिकसँग डराएको छ । त्यही भएर नागरिकलाई सूचना प्रविधिसम्बन्धी कानुन बनाएर तर्साउँदै छ ।

    अड्डा आफ्नो, अदालत आफ्नो, प्रहरी आफ्नो, सेना आफ्नो र सबैतिर आफ्नो बनाएर लेख्ने प्रेसको निब र बोल्ने नागरिकको मुख नियन्त्रण गरिसकेपछि सत्ता निर्माण हुने हो । जसको खिलाफमा कसैले बोल्न पाउँदैन । र, यो सब कुरा कानुन बनाएर गर्न प्रयास हुँदैछ ।

    त्यसैले यतिबेला यो संविधान, यसले ल्याएको व्यवस्था, हाम्रो स्वतन्त्रता जसका लागि यो पार्टी बन्यो त्यसलाई जोगाउने कुरा काँग्रेसको मिसन हो । यो मिसनमा काँग्रेस अगाडि बढ्यो भने नागरिक पनि जोडिँदै आउँछन् । र, परिणाम काँग्रेसले आफै प्राप्त गर्छ । यतिबेला काँग्रेसको कर्म भनेको यही हो । नेपाली नागरिकको स्वतन्त्रतालाई जगाउने कुरा र हाम्रो संविधानले व्यवस्था गरेका मुल्यमान्यतालाई रक्षा गर्ने कुराका निम्ति नेपाली काँग्रेसले लड्नुपर्ने छ ।

    यसका लागि लड्ने ताकत यी सबै चाड पर्वले, हाम्रो आफ्नो प्रथनाले उपलब्ध गराओस् । हामी केही प्रेसमा छौँ, कोही पार्टीमा काम गरिरहेका छौँ, जो जहाँ भएपनि एउटै परिवारसँग बाधिएकाहरुले आ–आफ्नो भूमिका निर्भाह गर्न ताकत र क्षमता यी चाड पर्वबाट दिओस् भन्ने शुभेच्छा प्रकट गर्दछु ।

    (प्रेस युनियन काठमाडौँ, शाखाद्वारा आयोजित शुभकाना आदानप्रदान तथा चियापान कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभा सांसद गगनकुमार थापाले व्यक्त गरेको धारणा)

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…