• १० कात्तिक । लोकतन्त्रप्रति आस्था राख्ने युवाहरुलाई एकताबद्ध गराएर लोकतन्त्रका लागि काम गर्न स्थापना भएको नेपाल तरुण दल ६७औँ स्थापना दिवस मनाउदै गर्दा अहिले आफै अलोकतान्त्रीक र विभाजनको पर्याय बनेको छ ।

    लामो समयदेखि अपूर्ण अवस्थामा रहेको तरुण दलले आफुलाई पूर्णता दिन नसकिरहेकै बेला चर्को विवाद र विभाजनमा फसेको छ ।

    विसं २०७३ कात्तिकमा अन्तिम साता केही पदाधिकारी मात्रै रहनेगरी अपूर्ण रुपमा पुर्नगठन भएको तरुण दल थप विस्तार हुनुको सट्टा भएका पदाधिकारीहरु नै एकले अर्कालाई कारबाही गर्ने अवस्थामा पुगेका छन् ।

    गत भदौ २८ गते एकअर्कालाई कारवाहीको घोषणा गरेका अध्यक्ष जितजंग बस्नेत र महासचिव भूपेन्द्रजंग शाहीले तरुण दलको स्थापना दिवसको अवसरमा आयोजना गरिने कार्यक्रम पनि छुट्टा छुट्टै आयोजना गरेका छन् ।

    बस्नेतले जारी गरेको विज्ञप्तिमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा चियापान कार्यक्रम आयोजना गरिने उल्लेख छ भने शाहीले पनि आजै पार्टी केन्द्रीय कार्यालयमै उपत्यकास्तरीय भेला आयोजना गरेर स्थापना दिवस मनाउने घोषणा गर्नुभएको छ ।

    आफुले निस्कासन गरेका महासचिव शाहीलाई अध्यक्ष बस्नेतले बैठकमा नबोलाएपछि शाहीले छुट्टै कार्यक्रमको घोषणा गर्नुभएको हो । विसं २०१० साल कार्तिक १० गते विश्वेश्वरप्रसाद कोइरालाले स्थापना गरेको तरुण दल अहिले आपसी झगडामा रुमल्लीएको छ ।

     

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…