बुटवल । लक्ष्मीपूजाका दिन पूजा गरिएको लक्ष्मीमाताको मूर्ति विसर्जन गर्न लैजाने क्रममा कपिलवस्तुको कृष्णनगरमा दुई समूहबीच झडप भएको छ ।
झपडले उग्र रुप लिएपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरेको छ ।
दुई समूहबीच भएको झडप नियन्त्रणमा लिन प्रहरीले ५० राउन्डभन्दा बढी अश्रुग्यास प्रहार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीको गोली प्रहारबाट २० वर्षीय स्थानीय सुरजकुमार पाण्डेको मृत्यु भएको छ । मृत्यु भएका व्यक्ति भारतीय नागरिक भएको स्थानीयको भनाइ छ । झडपमा दश जना घाइते भएका छन् ।
मूर्तिलाई सुरक्षित राखिएको छ । मूर्ति कृष्णनगर १ मा रहेको बढया पोखरीमा विसर्जन गर्ने कार्यक्रम थियो ।