काठमाडौं : युवतीलाई करणी गरेको आरोपमा पक्राउ परेका तत्कालीन अनेरास्ववियुका केन्द्रीय सदस्य तथा रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सह–सहचिव इन्द्रहाङ राई निलम्बनमा परेका छन्।
उनलाई संगठनले शुक्रबारदेखि लागु हुनेगरी संगठनको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको हो। उनलाई आरआर स्ववियुले यसअघि नै निलम्बलन गरिसकेको छ।
संगठनका अध्यक्ष ऐन महरले जारी गरेको विज्ञप्तिमा घटनाको सत्यतथ्य पत्ता लगाई पीडितलाई न्याय दिलाउनसमेत आफूहरुले सक्दो सहयोग गर्ने उल्लेख छ। आफ्नै साथीको बहिनीलाई करणी गरेको आरोपमा राईलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।