• काठमाडौं । नेपाली कांग्रेसले धरान उपमहानगरपालिकाको उपनिर्वाचनको निर्वाचनमा पार्टीको तर्फबाट तिलक राईलाई टिकट दिएको छ ।

    ललितपुरको सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले मेयरमा नेपाली कांग्रेसको तर्फबाट राईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

    ‘मंसिर १४ गते सम्पन्न हुने उप–निर्वाचन अन्तर्गत सुनसरी जिल्लाको धरान उप–महानगरपालिकाको प्रमुख पदका लागि पार्टीको विधान अनुसार धरान उप–महानगरपालिका कार्यसमिति, क्षेत्र नं. १ क्षेत्रीय कार्यसमिति र सुनसरी जिल्ला कार्यसमितिबाट सर्वसम्मत रुपमा तिलक राईको नाम सिफारिस भई आएकोले उक्त नामलाई अनुमोदन गर्ने निर्णय गर्दछ’, नेपाली कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    नेपाली कांग्रेसका युवा नेता राई धरानमा लोकप्रिय मानिन्छन् । उनको पक्षमा जनलहर बढ्दै गएको नेपाली कांग्रेस धरानका स्थानीय नेताहरूको दाबी छ ।

    दुईतिहाइको बलियो कम्युनिस्ट सरकार चौतर्फी रुपमा आलोचित र बद्नाम हुँदै गइरहेका बेला नेपाली कांग्रेसले धरान उपमहानगरपालिकामा लोकप्रिय नेतालाई टिकट दिएपछि कम्युनिस्टहरूभित्र खैलाबैला उत्पन्न भएको चर्चा हुन थालेको छ ।

सम्वन्धित समाचार

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …