• काठमाडौं । निकै उतारचढावबीच कारोवार हुँदै आएको सुनको मूल्य कात्तिक महिना लागेसँगै पुनः उकालो लाग्न थालेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज बजारमा सुनको मूल्य प्रतितोला ७०० ले वृद्धि भएको छ ।

    आज छापावाला सुनको मूल्य प्रतितोला ७१ हजार २०० निर्धारण गरिएको छ । बिहीबार छापावाला सुनको मूल्य ७० हजार ५०० थियो ।

    त्यसैगरी तेजाबी सुनको मूल्य पनि ७०० ले वृद्धि भएर प्रतितोला ७० हजार ९०० कायम भएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला ७० हजार २०० मा कारोवार भएको थियो ।

    यस्तै चाँदीको मूल्य पनि १० ले वृद्धि भएर प्रतितोला ८७० पुगेको छ ।

    पछिल्लो १५ दिनको अवधिमा सुनको मूल्य दुई पटक घटेको छ भने चार पटक वृद्धि भएको छ ।

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …