• काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो आज लगाउने भएको छ । उपनिर्वाचन हुने क्षेत्रबाट उम्मेदवारको सिफारिस भएसँगै नेकपाले उम्मेदवार टुंगो लगाउने काम अगाडि बढाएको हो ।

    प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको सचिवालय बैठकले प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहका प्रमुखको उम्मेदवारको घोषणा गर्नेबारेमा गृहकार्य अगाडि बढाएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

    उहाँका अनुसार आज बस्ने बैठकले उम्मेदवारहरूको टुंगो लगाउनेछ । प्रतिनिधिसभा सदस्यका लागि कास्की २ मा हुने उपचुनावमा नेकपाले विद्या भट्टराईलाई उम्मेदवार बनाउने लगभग पक्का भएको छ । स्रोतका अनुसार कास्की २ मा विद्यालाई उम्मेदवार बनाउन सचिवालयका सबै सदस्य सहमत भएका छन् ।

सम्वन्धित समाचार

काठमाडौ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको एमाले केन्द्रीय का…

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…