• घोराही, १६ कात्तिक । चाडपर्वमा रमाईलो गर्ने नाममा ठूलो धनराशी राखेर जुवा खेल्नेहरुलाई दाङ प्रहरीले धमाधम पक्राउ गर्दै प्रहरीले छाड्दै आएको छ । तर पनि लुकिछिपी शहरदेखि गाउँसम्म जुवाका खेलहरु हुँदै आएका छन् ।

    अहिलेको जुवा छापामा राजनीतिक नेता समेत परेका छन् । लमहीमा समातिएका जुवाडेहरु पाँच दिनमै छुटेका छन् ।

    जुवाडेहरुलाई छुटाउन कांग्रेस नेताहरुले प्रहरीलाई दवाव दिदै आएका थिए । प्रहरीले लमही नगरपालिका वडा नम्बर ५ वाट ६ लाख ७८ हजार ५ सय नगद, १३ गड्डी नखोलेको तास, ३ गड्डी खोलेको तास, कौडा ३२ थान सहित ८ जना जुवाडे प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख जनक भट्टराईले जानकारी दिए ।

    पक्राउ पर्नेहरुमा लमही ५ का रत्न प्रसाद श्रेष्ठ, वडा नम्बर ८ का प्रताप खड्का, कर्ण बहादुर बुढाथोकी, अमर बहादुर तामाङ, मुकेश चौधरी, अशोक कुमार खड्का, वडा नम्बर ६ का भविराज सुनार र सोहि ठाउँका खिम पुन रहेका छन् ।

    जुवा खेलाउने रत्नप्रसाद श्रेष्ठ हालै मात्रै कांग्रेसमा प्रवेश गरेका हुन् । कांग्रेसमा प्रवेश गरेका श्रेष्ठ लमही उबासंघका अध्यक्ष पनि हुन् । श्रेष्ठले आफ्नो पदिय मर्यादा नै भुलेर जुवा खेलाउदै आएका थिए ।

    सुरुमै जुवा खेलमा प्रहरी भित्र प्रवेश गरि दर्शक बनेर जुवा हेरिरहेका थिए । लमहीको प्रहरी टोलीले जुवा नसमातेपछि घोराहीको प्रहरी टोलीले जुवामाथि छापा हानेको थियो । प्रहरी प्रवेश गरेको जुवाडेहरुले पत्तै पाएन ।

    ठुलो रकमको जुवा खेल्ने तयारी भएता पनि प्रहरी आत्तिएर सुरुमै छापा हानेको थियो । जुवाकै सुरुमै प्रबेश गरेका प्रहरी आत्तिएपछि प्रहरीले नजिकैको लमहिको वडा प्रहरी कार्यालयलाई फोन हान्यो । जुवाडेहरु जम्मा हुदै थिए । तर लमहीको प्रहरी खासै आत्तिएन ।

    प्रहरीले फोन गरेको झन्डै आधा घण्टासम्म जुवा भएको घरमा लमहिको प्रहरी पुग्न ढिला गर्यो । प्रहरी नै त्यहा पुग्न ढिला गरेपछि थप प्रहरी टोली घोराहीबाट गएको थियो ।

    जुवा भएको आधाघण्टापछि मात्रै लमहीको प्रहरी टोली पुग्नुले ढिलो गरेर नियन्त्रण गर्न खोज्नुले पनि जुवामा प्रहरीको सेटिङ थियो कि भन्ने आशंकामा थप बल पुगेको छ ।

    प्रहरीले मेहनत गरेर जुवामा छापा हाने पनि एसपीले पाँच दिनमै जुवाडेहरुलाई छाडिदिए । ठुला जुवा प्रहरीले समात्न नसकेको भनेर एसपीले कडा आलोचना खेप्दै आएका छन् ।

    अघिल्ला वर्षहरुमा दसैँ तिहारमा थुप्रै ठुला जुवाहरु समातिए पनि यसपालिको दसैँ तिहारमा खासै प्रहरीले ठुला जुवा समात्न नसक्दा चारैतिरबाट आलोचना खेप्दै आएको हो । तत्कालिन एसपी धिरजप्रताप सिँहको कार्यकालमा गुन्डागर्दि पुरै ध्वस्त पारीएको थियो ।

    जुवा पनि सिँहको कार्यकालमा लगभग नियन्त्रणमा रहेको थियो । तत्कालिन एसपी कृष्णहरी शर्माका कारण विचमा जुवा धेरै मौलायो । अहिलेका एसपीले पनि जुवामा खासै प्रगति हासिल गर्न सकेका छैनन् ।

    यसअघि पुरानै संयन्त्रले थुप्रै जुवामाथि छापा हानेपनि अहिले प्रहरीले साना जुवामात्रै टार्गेट गरेको छ । तर, ठुला जुवा निर्वाधरुपमा चलिरहेका छन् ।

    जुवामा दाङ प्रहरीले खासै ठुलो सफलता पाउन सकेको छैन् । केही दिन अगाडि मात्रै पनि दाङ प्रहरीले जिल्ला भरिका जुवा खेलाउनेलाई पक्राउ गरेपनि पछि तारिखमा छाडेको थियो ।

    तर जुवाडेले सहि नाम नदिएर प्रहरीलाई झुक्याउने गरेका छन् । सामान्य मुद्धामा २५ दिनसम्म हिरासतमा राखेर दुःख दिने प्रहरीले राजनितिक दवावमा लमहीका पक्राउ जुवाडेहरुलाई छाडिएको बुझिएको छ ।

    न्यूज अभियान डट कम

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे सडक खण्डमा १५ दिन भित्र चारवटा सवारी दुघट्ना हुँदा ६ जनाको मृत्यु भएको छ ।&nb…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन “प्याब्सन” पथरी शनिश्चरे नगर कार्यसमितिको शनिबार …

मोरङ । मोरङको पथरी शनिश्चरे वडा नम्बर ६ को मुसहरघट्टालाई पथरी जेसीजले जेसीज गाउँ घोषणा गरेको छ । …

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समिति मोरङले दुई पत्रकार लग…