प्रधानमन्त्री केपी शर्मा ओलीको आज तेस्रोपटक मृगौलाको डायलाइसिस गरिँदै छ।
ग्राण्डी अस्पतालमा ओलीको डायलाइसिस गरिन लागिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।
प्रधानमन्त्री ओलीले यसअघि ग्रान्डी अस्पतलामा दुई पटक मृगौलाको डायलाइसिस गराइसकेका छन्।
प्रधानमन्त्री अस्पताल जाने भए पछि बिहान बोलाइएको मन्त्रिपरिषद् बैठक पनि पछि सारिएको छ।
प्रधानमन्त्री ओलीले शनिबार बसेको नेकपा सचिवालय बैठकमा आफ्नो स्वास्थ्य अवस्थाका बारेमा सचिवालय सदस्यहरुलाई जानकारी गराएका थिए।
मृगौलाले काम गर्न छाडेकोले उनकाे पटकपटक डायलाइसिस गरीरहन परेको हो ।