• काठमाडौँ । केहि दिन यताबाट प्रधानमन्त्री केपी शर्मा ओली अवस्थ भएका छन् । प्रधानमन्त्रीको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा आइतबार स्वास्थ्य परिक्षण गरिएको हो ।

    अस्पतालको मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उनको स्वास्थ्य परिक्षण गरिएको हो । मिर्गौलाले राम्रोसँग काम नगरेपछि उनी उपचारमा केन्द्रित भएका हुन् ।

    ओलीको आइतवार डायलाइसिस गर्ने चिकित्सकहरुले बताएका थिए । तर, केहि दिनअघि ग्राण्डी अस्पतालमा उपचारका क्रममा फोक्सोमा पनि पानी जमेको देखिएपछि ओली आइतवार मनमोहन कार्डियो सेन्टरमा लगिएको हो ।

    प्रधानमन्त्रीको फोक्सोमा जमेको पानी झिक्न मनमोहनमा लगिएको बताइएको छ । तर, ओलीको एक्सरे गर्दा फोक्सोमा जमेको पानी सुकेको पाइएपछि उनलाई बालुवाटार नै फर्काइएको छ । साथै प्रधानमन्त्रीको मुटुको पनि चेकजाँच समेत गरिएको छ । प्रधानमन्त्रीको मिर्गौला बाहेक अन्य अंगहरु स्वस्थ भएको पाइएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

    बालुवाटार फर्किएका ओलीले आजै बेलुकासम्म ग्राण्डीमा तेस्रो पटकको डायलाइसिस गराउने छन् । दुई पटक डायलाइसिस गर्दा पनि ओलीले अस्वस्थ महसुस गरेपछि फेरि ग्राण्डी लान लगिएको हो । प्रधानमन्त्री अहिले बालुवाटारमा मन्त्रीपरिषदको बैठकमा आएका छन् । मन्त्रीपरिषदको बैठक बसिरहेको छ । नेकपाको सचिवालयको बैठक समेत प्रभावित हुन पुगेको छ । प्रधानमन्त्री ओली गत महिना पनि उपचारको लागि सिंगापुर गएर एक सातापछि फर्केका थिए ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरी—११, फुटबल क्लवले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय आमन्त्रण दो…

माओवादी केन्द्र लगायत १५ वटा कम्युनिष्ट घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी गठन भएसँगै प्रदेश, जिल्ला, …

मोरङ । प्याब्सन पथरीशनिश्चरे नगर समिति (मोरङ)ले आयोजना गरेको भलिबल खेलमा छात्र र छात्रा दुबै तर्फको खेलमा…

मोरङ । कुलमान घिसिंङ प्रत्यक्ष रुपमा नदेखिएपनि घिसिङको पहलमा गठन भएको भनिएको उज्यालो नेपाल पार्टीका अध्यक्…