• काठमाडौँ । केहि दिन यताबाट प्रधानमन्त्री केपी शर्मा ओली अवस्थ भएका छन् । प्रधानमन्त्रीको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा आइतबार स्वास्थ्य परिक्षण गरिएको हो ।

    अस्पतालको मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उनको स्वास्थ्य परिक्षण गरिएको हो । मिर्गौलाले राम्रोसँग काम नगरेपछि उनी उपचारमा केन्द्रित भएका हुन् ।

    ओलीको आइतवार डायलाइसिस गर्ने चिकित्सकहरुले बताएका थिए । तर, केहि दिनअघि ग्राण्डी अस्पतालमा उपचारका क्रममा फोक्सोमा पनि पानी जमेको देखिएपछि ओली आइतवार मनमोहन कार्डियो सेन्टरमा लगिएको हो ।

    प्रधानमन्त्रीको फोक्सोमा जमेको पानी झिक्न मनमोहनमा लगिएको बताइएको छ । तर, ओलीको एक्सरे गर्दा फोक्सोमा जमेको पानी सुकेको पाइएपछि उनलाई बालुवाटार नै फर्काइएको छ । साथै प्रधानमन्त्रीको मुटुको पनि चेकजाँच समेत गरिएको छ । प्रधानमन्त्रीको मिर्गौला बाहेक अन्य अंगहरु स्वस्थ भएको पाइएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

    बालुवाटार फर्किएका ओलीले आजै बेलुकासम्म ग्राण्डीमा तेस्रो पटकको डायलाइसिस गराउने छन् । दुई पटक डायलाइसिस गर्दा पनि ओलीले अस्वस्थ महसुस गरेपछि फेरि ग्राण्डी लान लगिएको हो । प्रधानमन्त्री अहिले बालुवाटारमा मन्त्रीपरिषदको बैठकमा आएका छन् । मन्त्रीपरिषदको बैठक बसिरहेको छ । नेकपाको सचिवालयको बैठक समेत प्रभावित हुन पुगेको छ । प्रधानमन्त्री ओली गत महिना पनि उपचारको लागि सिंगापुर गएर एक सातापछि फर्केका थिए ।

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…