• काठमाडौं- सरकारले नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा भगवान कोइरालालाई नियुक्त गर्ने तयारी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले बरिष्ठ मुटु सर्जन डा कोइरालालाई अध्यक्षमा नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषदमा प्रस्ताव लगेको बताइएको छ।

    सम्भवत सोमबारको मन्त्रिपरिषदले यो विषयमा निर्णय गर्नसक्ने छ।

    डा कोइरालालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गर्न समेत प्रस्ताव गरिएको थियो। तर, त्रिविमा भन्दा डा कोइरालालाई काउन्सिलमा अध्यक्ष बनाउन उपयुक्त हुने सुझाव धेरैतिरबाट आएपछि यस्तो प्रस्ताव लगिएको स्रोतले जानकारी दियो।

    डा कोइरालालाई काउन्सिलको अध्यक्षमा नियुक्त गर्ने प्रस्ताव गएसँगै त्रिविको उपकुलपतिमा डा धर्मकान्त बास्कोटाको सम्भावना बढेर गएको छ।

    डा बास्कोटा यसअघि काउन्सिलका अध्यक्ष थिए। काउन्सिलमा रहँदा डा बास्कोटाले धेरै सुधारका काम गरेका थिए। डा बास्कोटाले अख्तियारका तत्कालिन प्रमुख लोकमानसिंह कार्कीको डर र धम्कीबाट समेत नडराई काम गरेका थिए।

    काउन्सिलका अध्यक्षमा मन्त्री यादवका प्रमुख सल्लाहाकार डा केके राईले समेत चासो दिएका थिए। तर, डा राई विवादित भएको भन्दै नियुक्ती गर्न नहुने सुझाब आएको थियो।

    काउन्सिलको अध्यक्षमा डा कोइरालाको नियुक्तीपछि काउन्सिलमा धेरै सुधार हुने अपेक्षा सरकारको छ। चिकित्सकको आचार संहिता, लाइसेन्स, सिपिडी, नक्कली डाक्टर लगायतका विषयमा सुधारका काम डा कोइरालाले गर्न सक्ने भन्दै सरकारले उनलाई अध्यक्षमा लैजान लागेको स्रोतले जानकारी दियो।

    काउन्सिल अध्यक्षको कार्यकाल ४ वर्षको हुनेछ। डा बास्कोटाको कार्यकाल जेठमा सकिएको थियो। त्यसयता काउन्सिलमा अध्यक्ष नियुक्त हुन सकेको छैन।

    काउन्सिलमा बुधबारबाट रजिष्ट्रार पद समेत खाली भएको छ। अध्यक्ष, रजिष्ट्रारसहित काउन्सिलमा ७ जना सदस्यको पद खाली रहेको छ। काउन्सिलमा २० जना सदस्य हुन्

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…