• अरनिको राजमार्गअन्तर्गत सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या 12पुगेको छ । दोलखाबाट काठमाडौंतर्फ आउँदै गरेको शैलुङ्गेश्वर यातायातको बा२ख ७२४५ नम्बरको बस सिन्धुपाल्चोकको सुकुटेबाट सुनकोशी नदीमा थियो ।


    काठमाडौं । अरनिको राजमार्गअन्तर्गत सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या 12 पुगेको छ । दोलखाबाट काठमाडौंतर्फ आउँदै गरेको शैलुङ्गेश्वर यातायातको बा२ख ७२४५ नम्बरको बस सिन्धुपाल्चोकको सुकुटेबाट सुनकोशी नदीमा थियो ।

    उक्त दुर्घटनामा परी मृत्यु हुनेको संख्या 12 पुगेको प्रहरीले जनाएको छ । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा जुटिरहेको प्रहरीले जनाएको छ ।

    बसमा ४० बढी यात्रु सवार रहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार दुर्घटना ठूलो भएकाले क्षति बढ्न सक्नेछ ।

    उनले अहिले उद्धार कार्य जारी रहेको जानकारी दिए । घाइतेलाई सिन्धु सहावहार अस्पताल र गम्भीर घाइतेलाई काठमाडौं लगिएको सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक भूपाल खत्रीले जानकारी दिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

     

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…