• काठमाडौँ । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथिको थुनछेक बहस सकिएको छ । बलात्कार आरोप लागेमा उनीमाथि आइतबारदेखि थुनछेक बहस सुरु भएको हो ।

    आइतवारदेखि महराको पक्षका वकिलहरुले बहस गरेका थिए । सोमबार महराको पक्षमा वरिष्ठ अधिवक्ताहरू कृष्ण सापकोटा, सविता भण्डारी बराल, शेरबहादुर केसी र रमनकुमार श्रेष्ठले बहस गरे ।

    महराको पक्षका ६ जना वकिलले बहस गरिसकेपछि सरकारी वकिलले पनि प्रत्युत्तर दिइसकेका छन् । बहस भइरहँदा पीडित भनिएकी रोशनी शाही पनि इजलासमा पुगेकी छन् ।

    आफ्ना कुरा राख्न भन्दै इजलासमा प्रवेश गरेकी उनलाई न्यायाधीशले बोल्ने अनुमति भने दिएनन् । अब जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासबाट यो मुद्दामा आदेशको प्रतीक्षा गरिएको छ ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…