• काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी भित्र पछिल्लो सयम तीन खेमा देखिँदै आएका छन् । एक प्रधानमन्‍त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्को नेकपाकै अर्का अध्यक्ष पुष्पकमद दाहाल र अर्को नेकपाका प्रभावशाली नेता माधव कुमार नेपाल गरी तीन खेमा देखिँदै आएको छ ।

    ओली र प्रचण्डबीच नेकपा भित्र भागबन्डा हुँदा नेपालले पनि भाग खोज्‍ने गरेका छन् । तर, पछिल्‍लो समय ओली र प्रचण्डबीच भागबन्डा हुँदा नेपाललाई एक्ल्याइने गरिएको छ ।

    नेकपालेले सात प्रदेशमा प्रदेश प्रमुख नियुक्त गर्न सात जनाको नाम सिफारिस गर्‍यो । सात प्रदेशका प्रमुख छान्दा पार्टी अध्यक्षद्वय ओली र प्रचण्डबीच भागबन्डा भयो । ओली पक्षका चार जना प्रदेश प्रमुखमा सिफारिस भए भने प्रचण्ड पक्षका तीन नेता प्रदेश प्रमुखका लागि छानिए ।

    तर, नेता नेपाल पक्षबाट भने कोही पनि सिफारिसमा परेनन् । यसले नेकपाले नेपाल पक्षलाई पाखा लगाउँदै गरेको प्रस्ट भएको छ ।

    केही महिना यता ओलीसँग निकै सम्बन्ध बिग्रिएका नेता नेपाललाई ओलीले पछिल्लो समय रुचाउन छोडेका छन् । नेपालसँग रुष्ट भएकै कारण ओलीले एक्ल्याउन खोजेको नेपाल पक्षको बुझाइ छ ।

    नेकपाले प्रदेश प्रमुखका लागि चितवनका अमिक शेरचन, कास्कीका सोमनाथ अधिकारी प्यासी, बाँकेका तिलक परियार, डडेल्धुराका गोविन्द कलौनी, झापाका बिष्णु प्रसाईं, काठमाडौंकी शर्मिला त्रिपाठी र सिरहाका धर्मनाथ यादवको नाम सिफारिस गरेको छ ।

    नेता नेपालको ‘नोट अफ डिसेन्ट’

    प्रदेश प्रमुख सिफारिस एकलौटी र पूर्वाग्रहप्रेरित भएको भन्दै नेता नेपालले लिखित असहमति नै जनाएका छन् ।

    नेता नेपाल नेकपामा चौथो वरीयतामा पर्छन् । ओली, प्रचण्ड र झलनाथ खनालपछि नेपालको वरीयता आउँछ । उनले बेला बेला पार्टीका निर्णयप्रति असन्तुष्टि जनाउँदै आएका छन् ।

    नेता नेपालले बैठकका निर्णयप्रति लिखित असहमति राखेको यो तेस्रो पटक हो । यसअघि पार्टीको प्रदेश इन्चार्ज तोक्ने गत साउन ३१ गतेको निर्णयका विरुद्ध पनि नेता नेपालले नोट अफ डिसेन्ट लेखेका थिए ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…