• काठमाडौं । नेपाल राष्ट्र बैंकले निजी आवासीय घर बनाउने प्रयोजनका लागि कर्जा लिने सर्वसाधारणलाई सहज बनाइदिएको छ । राष्ट्र बैंकले पहिलोपटक घर बनाउन चाहने व्यक्तिलाई कर्जाको सीमा बढाउनेदेखि ब्याज बढे पनि किस्ता नबढ्नेगरी आकर्षक योजना ल्याएर सहजीकरण गरिदिएको हो ।

    इजाजत प्राप्त संस्थाहरुका लागि तयार गरेको एकीकृत निर्देशन अनुसार एकल ग्राहक तथा क्षेत्रगत कर्जा सापट र सुविधाको सीमा निर्धारण सम्बन्धी व्यवस्थालाई संशोधन गर्दै नेपाल राष्ट्र बैंकले पहिलोपटक घर खरिद गर्ने व्यक्तिका लागि जग्गा धितोमा दिने ऋणलाई जग्गाको मूल्यको ७० प्रतिशतसम्म दिन सकिनेगरी सीमा बढाएको छ । यसभन्दा अगाडि यस्तो धितोमा ६० प्रतिशतसम्म कर्जा पाइने व्यवस्था थियो ।

    यस्तै, राष्ट्र बैंकले त्यसरी लिने ऋणको सीमा भने १ करोड ५० लाख रुपैयाँसम्म नै कायम राखेको छ । तर, सो ऋणी आफैंले प्रयोग गर्नुपर्ने र ३ हजार वर्ग फिटसम्मको हुनुपर्ने सीमा समेत थप निर्धारण गरेको छ ।

    साथै, पहिलोपटक घर बनाउन चाहनेहरुले लिएको ऋणमा बैंकको व्याजदर वृद्धि भएपनि तोकिएको किस्ता भन्दा बढी बुझाउन नपर्ने बरु किस्ताको समयसीमा बढ्नेगरी व्यवस्था मिलाउनुपर्ने व्यवस्था समेत केन्द्रिय बैंकले गरेको छ । यसबाट पछिल्लो समय व्याजदर वृद्धिका कारण नियमित किस्ता भन्दा बढी तिर्नु पर्दा उपभोक्तालाई समस्या भएको थियो ।

    तर, बैंकले घर भाडाबाट प्राप्त हुने आम्दानीलाई त्यसरी लिने ऋणको स्रोतको रुपमा देखाउन नपाइने व्यवस्था थपेको छ । घरभाडा लिएर घर बनाउने प्रयोजनका लागि पुरानै व्यवस्थाअनुसार मात्रै ऋण लिन भने सकिन्छ । कारोबारबाट ।

सम्वन्धित समाचार

मोरङ । मोरङको कानेपोखरी ७ स्थित जंगलमा बेवारिसे शव फेला परेको छ ।  मुख्य सडकदेखि करिव ३ सय मिटर…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका—२, मा रहेको हरियाली सामुदायिक वन लिमिटेडद्वारा सञ्चालित स्वी…

मोरङ । नक्कली भुटानी शरणार्थी ठगि मुद्दाको फायल खोल्ने साथ पूर्ब प्रधानमन्त्री शेरबहादुर देउवा, केपी ओली, प…

मोरङ । दीप प्रज्वलन तथा सहिदहरुलाई श्रद्धाञ्जली अर्पण गर्दै नेकपा–माओवादी केन्द्र पथरीशनिश्चरे नगर समित…