• काठमाडौं । प्रमुख प्रतिपक्ष दल कांग्रेसले मंसिर १४ मा हुने उपनिर्वाचनका उम्मेदवार टुंगो लगाउन मंगलबार पदाधिकारी बैठक डाकेको छ ।

    आइतबार डाकिएको बैठकमा तीन पदाधिकारी अनुपस्थित भएपछि यसबारे निर्णय नगरी मंगलबारलाई सारिएको हो ।

    छठ मनाउन तराई गएका उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार तथा कोषाध्यक्ष सीतादेवी यादव बैठकमा अनुपस्थित थिए । मंगलबारको बैठकबाट उम्मेदवार टुंगो लगाउने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

    कांग्रेसको क्षेत्रीय कार्यसमितिले विधानविपरीत आकांक्षी सबैको सूची केन्द्रमा पठाएका कारण पनि नेताहरूलाई उम्मेदवार चयन गर्न सकस परेको छ । कास्कीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र–२ मा १६ जनाले आकांक्षा राखेका छन् ।

    विधानमा तीन जनाको नाम मात्रै पठाउनुपर्ने व्यवस्था छ । तोकिएभन्दा बढी नाम पठाएकामा तिहारअघिको केन्द्रीय कार्यसमिति बैठकले सम्बन्धित क्षेत्रीय कार्यसमितिलाई ध्यानाकर्षणपत्रसमेत पठाएको थियो ।

    तीन प्रदेशसभा निर्वाचन क्षेत्रका लागि सम्बद्ध जिल्ला कार्यसमितिले भक्तपुरबाट १० जना, दाङबाट ११ जना र बागलुङबाट ४ जनाको नाम सिफारिस गरेका छन् ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…