• काठमाडौं । नेपाली कांग्रेसलाई मंसिर १४ मा हुने उपनिर्वाचनका लागि उमेदवार टुंगो लगाउन सकस भएको छ । मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि भोलि (बिहीबार) उमेदवारी मनोनयन हुँदैछ । तर, आजसम्म पनि कांग्रेसले मुख्य स्थानहरुमा उमेदवार टुंगो लगाउन सकेको छैन ।

    उमेदवार टुंग्याउन मंगलबार बिहान १० बजेदेखि बसेको बैठक निष्कर्षविहीन टुंगिएको हो । मंगलबार बिहान सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठक १० घण्टासम्म चलेको थियो ।

    प्रतिनिधिसभाको एकमात्र रिक्त स्थान कास्की–२ मा कसलाई टिकट दिने भन्‍नेमा छलफल केन्द्रित भएको थियो ।

    दिनभरीमा उमेदवारको टुंगो नलागेपछि मंगलबारको बैठकमा संस्थापन पक्षले उमेदवारको निर्णय गर्ने जिम्मा सभापति देउवालाई दिन प्रस्ताव गरेका थिए । तर, संस्थापन इतर समूहले भने त्यसमा असहमति जनाएको थियो ।

    बैठक बुधबार फेरि बस्‍ने जनाएको छ । उपनिर्वाचनका लागि बिहीबार चुनावी प्रक्रिया सुरु हुनेछ ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…