• दाङ, २० कात्तिक । निवर्तमान सभामुख कृष्णबहादुर महराले प्रचण्डलाई समेत ढाँटेको खुलासा भएको छ । प्रचण्डले यसबारे जानकारी लिन खोज्दा उनले ढाँटेको खुलेको हो ।

    नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले निवर्तमान सभामुख कृष्णबहादुर महराले आफूलाई सही कुरा नबताएको खुलासा गरे ।

    महराले जर्बजस्ती गरेको घटना बाहिर आएपछि आफूले यसबारे तथ्य बुझ्न पठाउँदा महराले सही कुरा नबताएको खुलासा गरेका हुन् ।

    ‘घटना सुन्नासाथ के भएको हो भनेर नारायणकाजी श्रेष्ठ र जोगबहादुर महरालाई बुझ्न पठाएँ, म आफै जाँदा पनि उहाँले सही कुरा बताउनुभएन,’ दाङमा पत्रकार सम्मेलनमा प्रचण्डले भने । उनले महराले के सही कुरा नबताएको प्रष्ट पारेनन् ।

    महराले गल्ती गरेको प्रचण्डको भनाई थियो । तर, त्यो अपराध नभई नैतिक गल्ती भएको प्रचण्डको जिकिर थियो । उनले भने, ‘महराजीबाट नैतिक त्रुटी भएको हो, अपराध गर्नुभएको होइन ।’ एउटा गल्ती गरिसकेपछि आफूलाई सही कुरा नबताएर अर्को गल्ती गरेको बताए ।

    महरा प्रकरणको एक महिनापछि प्रचण्डको यसबारे भनाई सार्वजनिक भएको हो । प्रचण्डका विश्वासपात्रका रुपमा चिनिएका महरा रोशनी शाहीमाथि करणी उद्दोगको अभियोगमा र्पुपक्षका लागि थुनामा छन् ।

    उनीमाथिको अभियोगमा अदालतमा मद्दा विचाराधीन छ । महराले अदालतलाई सघाउनुपर्ने समेत प्रचण्डको भनाई थियो ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…