• काठमाडौं, २२ कात्तिक । नेकपा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री बन्ने हतार देखाइ रहनुभएको छ । बेटिङ प्राइमिनिष्टरका रुपमा लिइनु भएका उहाँले प्रम बन्ने हतारो अभिव्यक्ति र भूमिकाबाट देखाउँदै आउनु भएको हो ।

    यस पटक उहाँले प्रम बन्ने हतारो मुखरित गर्नुभयो । नेपालगन्ज पुगेर उहाँले आफू ढिलोचाँडो फेरि प्रम बन्ने बताउनु भयो ।

    उहाँले आफूलाई प्रम बन्दै गरेको बुझ्न सन्देश दिने गरी बोल्दै आउँदा पछिल्लो समय दिनु भएको अभिव्यक्तिलाई अर्थपूर्ण मानिएको छ ।

    प्रधानमन्त्री केपी ओलीसँग सरकारको नेतृत्वका लागि आलोपालो सहमति गरेको बोलिसक्नु भएको छ । यसले राजनीतिक वृत्तमा तरंग ल्याएको थियो । पश्चिम नेपालमा पुगेर उहाँले आफू प्रम बन्ने दाबी गर्नुभयो ।

    ओलीको स्वास्थ्यमा समस्या आइरहेकाले पद छाड्न नेकपा भित्र दबाब बढाइँदा प्रचण्डको पछिल्लो भनाइ आएको हो ।

    मृगौलामा समस्याका कारण ओलीको नियमित डायलसिस चलिरहेको छ–जसका कारण मन्त्रिपरिषद् बैठकमा समेत असर पर्ने गरेको छ ।

    ओलीको दुई वर्षे कार्यकाल पूरा हुन अब तीन महिना मात्र बाँकी छ । दुई वर्षे कार्यकाल नजिकिँदै जाँदा प्रचण्डले प्रम बन्ने हतार देखाइ रहनुभएको छ । उहाँले बेला बेलामा ओलीलाई दबाब दिने अभिव्यक्ति दिएरहनु भएको छ ।

    रणनीतिक चातुर्य देखाउन सक्ने प्रचण्डले आफूले जहिले पनि जोखिम उठाउने गरी कदम चाल्ने बताउने गर्नु भएको छ । उहाँले यस्तो गर्दै पनि आउनु भएको छ । प्रचण्डले ढिलोचाँडो प्रम हुने बताएर त्यसका लागि जोखिम उठाउन सक्ने सन्देश समेत दिइरहनु भएको छ ।

    यसैगरी, दुई दिनका बीचमा प्रचण्डको दुई महत्वपूर्ण भनाइ बाहिर आएको छ । नेपालगन्ज पुगेर उहाँले ढिलोचाँडो आफू प्रम बन्ने बताउनु भयो । त्यसको भोलिपल्ट दाङ पुगेर आलोपालो सरकारको नेतृत्व गर्ने विगतको सहमति इतिहास भइसकेको पनि बताउनु भयो ।

    प्रचण्डका यी भनाईलाई निकै अर्थपूर्ण मानिएको छ । प्रचण्डले प्रम बन्न हतार गरिरहँदा आफूलाई वेटिङ प्रमका रुपमा देशभित्र र बाहिर प्रस्तुत गरिरहनु भएको छ । उहाँको स्पष्ट सन्देश आफू प्रम बन्दै छु भन्ने पनि छ ।

    तिहार अघिसम्म निराशा देखाउने र असन्तुष्टि पोख्ने प्रचण्ड हाल निकै उतसाही देखिनु भएको छ । ओलीसँग आफ्नो आलोपालो सरकारको नेतृत्वको सहमति भएको खुलासा प्रचण्डले गरेको यसै वर्ष हो ।

    ओली भारतीय प्रम मोदीको शपथमा सहभागी हुन जानुअघि तीन महिनाअघि प्रचण्डले उक्त खुलासा गरेर राजनीतिक तरंग ल्याइदिनु भएको थियो । विगतमा सहमति कार्यान्वयन नहुनेमा शंकासमेत व्यक्त गर्नुभएको थियो ।

    तर, प्रचण्ड आफैंले त्ययो आलोपालो सहमतिमा बेवास्ता गर्नुभयो । उहाँले भन्नुभयो–आलोपालो इतिहास भइसकेको छ । एकातर्फ प्रचण्ड ढिलोचाँडो प्रम हुन्छु भनिरहनु भएको छ भने अर्कोतर्फ आलोपालो इतिहास भइसकेको बताइरहनु भएको छ ।

    यसले निकै राजनीतिक अर्थ राखेको छ । ओलीले देउवाकी सासूबाहेक देउवा सरकारका पालाका सबै नियुक्ति खारेज गरेपछि ओलीले पछिल्लो शेरबहादुर देउवा सरकारको पालाका सबै नियुक्ति लगभग खारेज र कतिपयलाई बर्खास्त गरिदिनु भएको छ ।

    देउवाको पालामा अन्तिम समयमा भएका नियुक्ति र बढुवाहरु आफू सत्तामा आएलगत्तै खारेज गरिदिनु भएको हो । सरकारमा बसेको २१महिनापछि ओलीले देउवा सरकारका पालामा भएको प्रदेशप्रमुखको नियुक्तिमाथि हात हाल्नु भयो ।

    उहाँले १७ कात्तिकमा सबै प्रदेश प्रमुखलाई पदमुक्त गर्ने निर्णय मन्त्रिपरिषद्को बैठकबाट गर्नुभयो । त्यसलगत्तै राष्ट्रपति विद्या भण्डारीले प्रदेश १ का डा.गोविन्दबहादु र तुम्बाहाङ, २ का रत्नेश्वरलाल कायस्थ, ३ की अनुराधा कोइराला, गण्डकी प्रदेशका बाबुराम कुँवर, ५ का उमाकान्त झा, कर्णाली प्रदेशका दुर्गाकेशवर खनाल र सुदुरपश्चिमका मोहनराज मल्ललाई पदमुक्त गरेको घोषणा गर्नु भयो ।

    प्रदेश प्रमुखको बर्खास्तीलाई नेपाली कांग्रेसले चुनौती दिइसकेको छ । उसले सरकारको कदमलाई सर्वसत्तावाद भनेको छ ।

    अब कांग्रेस कसरी अघि बढ्छ स्पष्ट छैन । यसअघि पनि देउवाका पालामा भएका राजदूत नियुक्तिमाथि ओली सरकारले हात हालेको थियो ।

    राजदूतहरुलाई फिर्ता बोलाउने कदम चाल्यो । तर, देउवाकी सासू प्रतिभा राणा जापानका लागि राजदूत हुनुहुन्छ । उहाँलाई अहिलेसम्म ओली सरकारले हटाएको छैन, विमर्शमा उल्लेख छ ।

    देउवाको पालाका सबै निर्णयमाथि हात हाल्दा प्रतिभालाई जापानबाट फिर्ता नबोलाउनुमा ओलीले देउवालाई चिढ्याउन नचाहेको देखिन्छ ।

    यसकारण पनि देउवा ओलीविरुद्ध कडा रुपमा प्रस्तुत हुन सकिरहनु भएको छैन–जसको लाभ ओलीले लिइरहनु भएको छ ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…