काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै सचिवालयका सबै सदस्यको राजीनामा मागेका छन् ।
मन्त्रिपरिषद्को पुनर्गठनको तयारीमा रहेका प्रधानमन्त्री ओलीले सचिवायका सबै सदस्यको राजीनामा मागेका हुन् ।
प्रधानमन्त्री ओलीको मुख्य सल्लाहकारमा विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, स्वकीय सचिव इन्द्र भण्डारी, प्रेस सल्लाहकार कुन्दन अर्याललगायत ६ जनाको राजीनामा मागेका हुन् ।
तर, प्रधानमन्त्री ओलीकै एक सल्लाहकारले प्रधानमन्त्रीले राजीनामा मागेको बारे थाहा नभएको बताएका छन्