• काठमाडौं, २४ कात्तिक । पछिल्लो समय प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले दुई तिहाई मतको केपी शर्मा ओली नेतृत्वको सरकारले जनताको पक्षमा कुनै काम गर्न नसकेको, पूर्णतया असफल भइसकेको आरोप लगाइरहेको छ ।

    कांग्रेससामु अब आफुले सरकारमाथि लगाएको त्यो आरोप उपनिर्वाचनका माध्यमबाट सार्थक बनाउने अग्नि परिक्षा आइपुगेको छ ।

    सबैभन्दा बढी कांगसको त्यो अग्नि परिक्षा १४ मंसिरमा निर्वाचन प्रतिनिधिसभा सदस्यका लागि कास्की २ मा हुन लागेको उप निर्वाचनमा देखिने छ ।

    तत्कालिन एमालेबाट त्यो क्षेत्रमा निर्वाचित बहालवाल सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएसंग रिक्त स्थानमा निर्वाचन हुन लागेको छ ।

    प्रमुख सत्तारुढ नेकपाले त्यो क्षेत्रमा अधिकारी पत्नी विद्या भट्टराई उम्मेदवार बनाउने निश्चित भएको छ । किनकि नेकपा कास्कीले भट्टराईको नाम केन्द्रमा सर्वसम्मत सिफारिस गरेको छ ।

    कांग्रेसलाई भने उम्मेदवार छान्नै फलमको च्यूरा चपाय सरह हुने निश्चित छ । किनकी त्यहाँ उम्मेदवार बन्न १६ जनाले आकाक्षा देखाएका छन् ।

    उम्मेदवार सहजै छानिएपछि सरकारलाई असफल प्रमाणित गर्न जित्नै पर्ने बाध्यतामा कांग्रेस छ । त्यो पनि झिनो मतको अन्तरले होइन, फराकिलो अन्तरले ।

    कम्तिमा २० हजारको मतान्तरमा कांग्रेसले कास्की २ मा विद्यालाई हरायो भने मात्रै बर्तमान ओली नेतृत्वको सरकार असफल भएको मानिनेछ ।

    झिनो मत अन्तरले हराए मात्रै पनि त्यसपछि कांग्रेसले ओलीमाथि आरोप लगाउदै हिड्न मिल्दैन । किनकी असफल भएको सरकारको उम्मेदवार दुई चार मत तलमाथि मात्रै गर्ने भन्ने संसदीय राजनीतिमा हुँदैन ।

    तर, कांग्रेसलाई त्यहाँ निर्वाचन जित्न कत्ति पनि सहज छैन् । फलामका च्यूरा चपाए सरह नै छ, भन्दा फरक पर्दैन ।

    किनकि स्व. अधिकारीले त्यो क्षेत्रमा २०६४, २०७० र २०७४ को निर्वाचनमा लगातार निर्वाचन जितेका थिए । तीन पटक निर्वाचन जित्नु भनेको केहि विकास नगरी जितिदैन । विकास नगरेको भए जनताले अधिकारीलाई पक्कै पनि दोस्रो या तेस्रो निर्वाचनमा हराइदिन्थे ।

    अहिले तिनै अधिकारीको विडो थाम्न श्रीमति उम्मेदवार बन्दैछन् । एकातर्फ त्यहाँका जनतामा उनीमाथिको सान्तोना छ, अर्कोतर्फ विद्या आफैपनि राजनीति बुझेकी मान्छे हुन । त्यसमाथि गत निर्वाचन पनि दुई ठुला दल मिलेर बनेको नेकपा संगठनमा बजवुज छ ।

    विद्यार्थी राजनीति गरेकी विद्या रवीन्द्रसंगको विवाह पछि राजनीति छोडेकी थिइन । अधिकारी तत्कालीन एमालेको भ्रातृसंगठन अनेरास्ववियुको महासचिव हुँदा विद्या सचिव थिइन ।

    रवीन्द्रको राजनीतिक राजमार्ग फराकिलो बनाउन जीवन संगिनी विद्या दुई दशकअघि नै सक्रिय राजनीतिबाट टाढिएकी थिइन ।

    ०४९ सालको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियुबाट पद्मकन्याको स्वविययु सभापतिकी प्रत्यासी विद्या शंकर पोखरेल अनेरास्ववियु अध्यक्ष हुँदा केन्द्रीय कमिटीमा पुगेकी थिइन । योगेश भट्टराई अध्यक्ष र रवीन्द्र अधिकारी कोषाध्यक्ष हुँदा महिला विभाग प्रमुख बनिन ।

    अर्कोतर्फ स्वर्गिय पतिको अनुपस्थिति खड्किन नदिन आफु राजनीतिमा आएको बताउदै विद्या हिड्न थालेकी छन् । यसले मतदाताको मन कता कता पगाल्छ ।

    त्यसले पनि कांग्रेसलाई अफ्टेरो पार्न सक्छ । कमजोर संगठन, त्यसमाथि गुट उपगुटको हालीमुहालीका कारण कांग्रेसलाई त्यहाँ जित्न अफ्टेरो देखिन्छ ।

    सरकार असफल भइरहेको आरोप लगाइरहेको कांग्रेसले सहज रुपमा प्रतिनिधिसभाको यो सिटमा आफ्नो उम्मेदवारलाई कम्तिमा २० हजार मतान्तरमा निर्वाचित गरायो भने मात्रै त्यो आरोपले अर्थ राख्नेछ । र, आम नागरिकले ओली सरकार असफल भएको रुपमा बुझ्न थाल्ने छन् । अभियान टाइम्सका साथमा ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…