• पान्थर । उप निर्वाचनको मिति नजिकिदै गर्दा पान्थर जिल्लामा सरगर्मी बढेको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान मञ्चले पनि उम्मेदवार तय गरिसकेको छ ।

    जिल्लाको फाल्गुनन्द गाउँपालिका र फिदिम १ र हिलिहाङ ७ मा उप निर्वाचन हुदैछ । १४ मंसिर हुने निर्वाचनमा हिलिहाङ गाउँपालिका वडा नम्बर ७ मा धनबहादुर थाम्सुहाङ वडा अध्यक्षको उम्मेदवार बन्दैछन् । थाम्सुहाङलाई नेपाल कम्युनिष्ट पाटी (नेकपा)का गेहनाथ रिजाल, नेपाली काग्रेसका तिलबिक्रम इधिङ्गो, समाजवादी पाटीका भवानी योङ्या लगायतसँग स्पर्धा गर्नुपर्नेछ ।

    याम नेम्बाङ पनि वडा अध्यक्षमा उठ्दैछन् । उनी फेदेन नगरपालिका वडा नम्बर १ को अध्यक्षमा उठ्ने भएका छन् । नेपाल कम्युनिष्ट पाटी (नेकपा )का गजाधर भट्टराई, नेपाली काग्रेसका शुभराज थापा, राप्रपाका निलम गिरी र समाजबादी पाटीका गौरब लामासँग नेम्बाङ चुनाबी मैदान होमिएका छन् ।

    दुई वटा वडाहरुमा मात्र होइन लिम्बुवान मञ्चकोे फाल्गुनन्द गाउँपालिकामा उम्मेदवारी दिने तयारी थालेको छ । जितेन चेम्जोङलाई पाटीबाट टिकट प्रदान गरेपछि मञ्चले अभियानलाई तीब्रता दिएको छ । उम्मेदवार चेम्जोङलाई नेपाल कम्युनिष्ट पाटी (नेकपा) बाट बीरबहादुर कुरुम्बाङ, नेपाली काग्रेसबाट सचिव बृजहाङ आङदेम्ब, समाजबादी पाटीबाट बिमला आङदेम्बे नेम्बाङ र राप्रपाबाट सुजन चेम्जोङ (सुमन)ले टक्कर दिदैछ । लिम्बुवान विश्वविद्यालय सुरुवात गर्न सय रोपनी जग्गा उपलब्ध गराउन समानुपातिक, सहमतीय र सहअस्तित्व अनुसार गाउँपालिका सञ्चालन गर्ने भन्दै फाल्गुनन्द गाउँपालिकाको अध्यक्षको उम्मेदवार जितेन चेम्जोङले भोट मागेका छन् । चेम्जोङ मञ्चका जिल्ला उपाध्यक्ष समेत हुन् ।

सम्वन्धित समाचार

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …