अघोरी बाबासँग विवाह गरेर चर्चामा आएकी शारदा पाण्डेलाई बैदेशीक रोजगारीमा ठगी गरेको उजुरीमा महानगरीय प्रहरी बृत्त बौद्धले सोमबार सोधपुछका लागि बोलाएको छ ।
महानगरीय प्रहरी परीसर काठमाडौंका प्रवक्ता डिएपी होबिन्द्र बोगटीले पक्राउ नभई ठगीको उजुरीमा सोधपुछका लागि बोलाइएको बताए । ‘उहाँमाथि उजुरी परेको थियो,’ बोगटीले भने, ‘त्यही विषयमा सोधपुछ गर्न बौद्ध बृत्तमा बोलाइएको हो ।’नयाँ पत्रिका